Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सुरक्षा निकाय प्रभावकारी र सक्षम हुनुपर्छः गच्छदार

फागुन १८
उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले राजनीतिक सङ्क्रमणकालमा हुन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सुरक्षा निकाय बढी प्रभावकारी र सक्षम हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १५५ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँल बदलिँदो राजनीतिक सन्दर्भमा बढी चुनौती थपिएको भए पनि त्यसलाई सामना गर्न सुरक्षा निकाय तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।
शान्ति प्रक्रिया सम्पन्न गरेर संविधान निर्माण गर्नुबाहेक अन्य काम अहिले राजनीतिक दलहरूसँग नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले राजनीतिक दलहरूबीच सहमति गरेर नेपाली जनताको आशाअनुरूप समयमै संविधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले बदलिँदो अवस्थामा हुन सक्ने सम्भावित घटनाक्रमलाई रोक्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने गरी प्रहरी क्रियाशील हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक अतिरिक्त प्रहरी महानिरीक्षक किरण गौतमले प्रतिष्ठानलाई सार्क क्षेत्रकै तालिम केन्द्रका रूपमा विकास गर्न सकिने र त्यसको लागि करिब रु १५ लाख आवश्यक रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा सञ्चालित  पोष्ट ग्राजुएट डिप्लोमा इन पुलिस साइन्सेस कार्यक्रमअन्तर्गत सम्पन्न प्रहरी निरीक्षक आधारभूत तालिम १५५ औँ समूहमा ८८ जना सहभागी थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले सो समूहमा विभिन्न विधामा  उत्कृष्ण हुने प्रहरी निरीक्षकहरू अनिलकुमार घिमिरे, रेशम बोहरा, भोलाकुमार भट्ट, नरबहादुर सलामी, पूर्णिमाकुमारी चन्द, सुवास बुढाथोकी, सूर्यबहादुर थापा र हेमबहादुर कार्कीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

Posted by Arghakhanch Online on 7:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सुरक्षा निकाय प्रभावकारी र सक्षम हुनुपर्छः गच्छदार

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com