के छापियो बिहीवारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 7:32 PM
आज मिति २०६८ साल फागुन १८ गते बिहीवार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी लडाकूका १३ वटा शिविर खाली गराउन बिशेष समितिले निर्णय गरेको र बन राज्यमन्त्री लक्ष्मण महतोका पीए नागेन्द्र यादव ५० हजार घुससहित समातिएको र ७ सय ५० मेगावाट क्षमताको पश्तिम सेती जलबिद्युत परियोजना बनाउन नेपाल सरकार र चाइना गर्जेजवीच सम्झौता भएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले बबरमहलमा बम हान्ने लामा धेरैपटक २० हजार धरौटीमा रिहा भएको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । अभियोग प्रमाणित हुँदा पनि उनलाई राजनीतिक नेतृत्वको आडमा छाड्ने गरिएको उल्लेख छ ।
कान्तिपुर दैनिकले वकिलहरुकै कारण भ्रष्टाचार ढिलाई हुन लागेको र यस्तै अबस्था रहे खुमबहादुर खड्का लगायतको मुद्दा दुई बर्षसम्म पनि सुनुवाई नहुने समाचार छापेको छ ।