नगरकोटमा पर्यटकीय मार्ग निर्माण
अर्थ/वाणिज्य 9:46 PM
११ फागुन, भक्तपुर । पर्यटकीयस्थल नगरकोटमा पर्यटकीय-मार्ग निर्माण भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन पूर्वाधार विकास आयोजनाको ३२ लाखको सहयोगमा करिब तीन किलोमिटर पर्यटकीय-मार्ग निर्माण भएको हो ।
सो मार्गमा ढुङ्गा बिछयाइएको, खोल्सामा पुल हालिएको, उकालोमा सिँडी बनाइएको र पैदल हिँड्दा समाउने बार तथा सडकको नाली समेत तयार पारिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले बताउनुभयो ।
नगरकोटको महाकाली माविबाट कात्तिके फार्म हाउससम्म निर्माण गरिएको सो मार्गमा पर्यटक हिँड्न थालेका छन् । सो मार्ग बनेपछि आफूहरूलाई हिड्न सजिलो भएको पर्यटकले बताएका छन् । रासस