राष्ट्रिय खेलकुदमा आज पनि विभिन्न खेल हुँदै
News, खेलकुद 11:54 PM
१६ फागुन, काठमाडौँ । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत आज तेस्रो दिन पनि डेढ दर्जन पदकका लागि विभिन्न खेलहरु हुँदैछन् ।
स्क्वासय, तेक्वान्दो, भारोत्तोलन, इथलेटिक्स, कुस्ती र कराँतेलगायतका डेढ दर्जन पदकको आज फैसला हुँदैछ । कैलालीमा एथलेटिक्सतर्फ एक सय मिटर डवल्स महिला तथा एक सय मिटर पुरुष महिलाको खेल हुँदैछ । यस्तै सर्ट फुटकामा महिला तथा पुरुषको स्वर्ण पदकका लागि स्पर्धा हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
उता महेन्द्रनगरमा हुने भारोत्तोलन र आर्चरीमा पनि स्वर्ण पदकको टुंगो लाग्ने छ । भारोत्तोलनमा र तेक्वान्दोमा ४/४ र आर्चरीमा ३ स्वर्णका लागि प्रतिस्पर्धा हुन लागेको हो । महेन्द्रनगरमै आजबाट महिला फुटबल प्रतियोगिता पनि सुरु हुँदैछ । यस्तै काठमाडौँमा आजबाट स्नुकर खेल सुरु हुँदैछ ।