Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

१३ विद्यार्थी संगठले आन्दोलन घोषणा गर्दै

१६ फागुन, काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएका १३ विद्यार्थी संगठनले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछन् ।
आन्दोलनको कार्यक्रम तय गर्न राजधानीको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक विद्यार्थी फ्रन्टको कार्यालयमा १३ विद्यार्थी संगठनको संयुक्त बैठक बस्दैछ । यसअघि हिजो बसेको १३ विद्यार्थी संगठनको बैठकले मूल्वृद्धिका सम्बन्धमा २४ घण्टाभित्रमा पुनर्विचार नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो । मध्याहृन १२ बजेपछि बस्ने बैठकले माग पूरा गर्न दबाबमुल कार्यक्रम सार्वजनिक गर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
कर्णका अनुसार विद्यार्थी संगठनहरुले यसअघिको जस्तो सडक जाम र क्याम्पस बन्दको कार्यक्रम भने गर्ने छैनन् । ‘हामी विगतमा जस्तो सडकमा टायर बाल्ने र क्याम्पस बन्द गरेर जनतालाई दुःख दिने काम गर्दैनौँ’, कर्णले भन्नुभयो, ‘सरकारले यसअघि प्रतिबद्धता जनाएअनुसार विद्यार्थी र गरिब जनतालाई पेट्रोलियम पदार्थमा सहुलित प्रदान गर्न नैतिक दबाब सिर्जना गर्ने खालका कार्यक्रम ल्याउँछौँ ।’ कर्णले आपूर्तिमन्त्री र सचिव तथा नेपाल आयल निगमका महाप्रबन्धकको गाडी सडकका गुड्न नदिने तथा उनीहरुलाई कार्यकक्षमा काम गर्न नदिने र घर घेराउसम्मको कार्यक्रम ल्याइने बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक घाटा देखाउँदै नेपाल आयल निगमले शुक्रबारदेखि पेट्रोल, डिजेल, मट्टतिेल र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४/४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । सरकारले गत माघ पहिलो साता गरेको मूल्य वृद्धि १३ विद्यार्थी संगठनको आन्दोलनका कारण फिर्ता लिएको थियो ।

यसैबीच नेपाल विद्यार्थी संघले एक साताभित्रमा स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचन मिति घोषणाको माग गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपकुलपति कार्यालय घेराउ गर्दैछ । अध्यक्ष कर्णले अपराहृन २ बजे उपकुलुपतिको कार्यालय घेरा उगर्न लागिएको जानकारी दिनुभयो ।

Posted by Arghakhanch Online on 11:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for १३ विद्यार्थी संगठले आन्दोलन घोषणा गर्दै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com