Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपालीलाई अब मकाउको 'भिसा फ्रि'

 फागुन १८- 'अन अराइभल' भिसा रोकेको डेढ वर्षपछि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले नेपालसँग 'फ्रि भिसा' सम्झौता गर्ने भएको छ। मंगलबार सरकारी मुख्यालयमा सर्बियासँग फ्रि भिसा सम्झौता गरेपछि मकाउका प्रशासन तथा न्याय मन्त्रालयका अधिकारीले नेपाल र रुससँग पनि छिट्टै सम्झौता हुने जानकारी दिएका हुन्। 
'मकाउले द्विपक्षीय भिसा सम्झौता गरेको सर्बिया ९४ औं देश हो, सम्भवतः तीन महिनाभित्रै नेपाल र रुस यो सूचीमा संलग्न हुनेछन्,' मन्त्रालयका निर्देशक लाइलेङ किटलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले लेखेको छ।
सरकारले ठूलो मिहिनेतपछि अमेरिका तथा क्यानडासँग फ्रि भिसा सम्झौता गरेको जनाउँदै किटले मकाउका नागरिकको अन्तर्राष्ट्रिय सम्मान तथा पर्यटन वृद्धिका लागि यसो गर्नु आवश्यक भएको तर्क गरेका छन्।
चीनका लागि सर्बियाली राजदूतसँग भिसा सम्झौतामा हस्ताक्षर गरेपछि मकाउकी प्रशासन तथा न्यायमन्त्री फ्लोरिन्डा चाङले दुई देशबीच घनिष्ठ सम्बन्ध विकास गरी धेरै पर्यटक भिœयाउन यस्तो कदम चालिएको बताइन्। चाङले भनिन्, 'विश्व समुदायसँग सांस्कृतिक तथा आर्थिक सम्बन्ध वृद्धि गर्न हामी अन्य देशसँग पनि यस्तो सम्झौता गर्ने तयारीमा छौं।'
गैरकानुनी नेपाली कामदारको संख्या बढेको र उनीहरू लागूपदार्थको कारोबारमा समेत संलग्न भएको आरोप लगाउँदै १ जुलाई २०१० देखि मकाउले नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भियतनाम र नाइजेरियाका नागरिकलाई 'अन अराइभल' भिसा बन्द गरेको थियो। त्यसयता काठमाडौँस्थित चिनियाँ दूतावासबाट भिसा लिएर आउने नेपालीले मात्र मकाउमा प्रवेश पाउँथे।फ्रि भिसा सम्झौता भएपछि एसियाकै ठूलो क्यासिनो बजार मकाउमा नेपालीलाई प्रवेश सहज हुनेछ। स्रोतका अनुसार फ्रि भिसा सम्झौता भ्रमणका लागि मात्र हुनेछ तर कामका लागि मकाउ आउन पनि यसले सहजीकरण भने गर्नेछ। मकाउमा करिब २ हजार ५ सय नेपाली कार्यरत छन्।
मकाउसमेत हेर्ने हङकङस्थित महावाणिज्य दूतावासले फ्रि भिसा सम्झौता तयारीबारे अहिलेसम्म जानकारी नआएको जनाएको छ। 'फ्रि भिसा सम्झौताबाट नेपालले फाइदा लिन सक्छ, तर मकाउ सरकारले अहिलेसम्म त्यसबारे हामीलाई जानकारी दिएको छैन,' वाणिज्यदूत किरण शाक्यले भने, 'दुई देशबीच त्यस्तो सम्झौता भयो भने नेपालीलाई मकाउ प्रवेश सहज हुन्छ, मकाउका पर्यटकलाई नेपाल जान प्रोत्साहन पनि हुन्छ।'

Posted by Arghakhanch Online on 11:17 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपालीलाई अब मकाउको 'भिसा फ्रि'

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com