Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कांग्रेसले मधेस केन्दि्रत नीति ल्याउने


काठमाडौ, फाल्गुन १८ - कांग्रेसले मधेसमा आफ्नो संगठनलाई मजबुद बनाउन मधेस केन्दि्रत छलफल सुरु गरेको छ । मधेसका मुद्दाहरूलाई सम्बोधन गरेर संगठन विस्तार गर्ने योजना साथ पार्टी नीति तथा प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि छलफल सुरु गरेको हो । छलफलमा तराईका सभासद, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र बुद्धिजीवीहरूलाई समावेश गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले विगतको जस्तै मधेसमा पार्टी संगठनलाई बलियो बनाउन के कस्ता मुद्दालाई सम्बोधन गर्ने भन्नेबारे नीति तय गर्न छलफल गरिएको बताए ।
 छलफलमा सहभागीहरूले संघीय संरचनामा तराईको अवस्था, नागरिकता र पहिचानको सवाल तथा विकास निर्माणका कार्यक्रमलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सांस्कृतिक, आर्थिक, सामाजिक रूपमा उत्पीडनमा रहेका मधेसी जनताको जीवनस्तर माथि उठाउन र राज्यमा मधेसी जनताको पहुँच बढाउन राज्य र पार्टीगत तहबाट सुरु गरिने कार्यक्रमलाई अभियानकै रूपमा लानुपर्ने सुझाव उनीहरूले दिएका थिए । कांग्रेसले तराईका जिल्लाहरूलाई केन्दि्रत गरी इटहरीमा २३ गते पार्टीको बृहत् प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्दैछ ।
  कतिपय सहभागीहरूले मधेसमा पार्टीको संगठन मजुबुद रहे पनि पार्टीभित्रको गुटबन्दी, आन्तरिक द्वन्द्वले कमजोर बनाएको तर्क गरेका थिए । त्यसका लागि पहिला पार्टीभित्र नै गुटबन्दी अन्त्य हुनुपर्ने उनीहरूको जोड थियो । कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले तराई, पहाड र हिमालका जनताबीचको सम्बन्ध र भावनालाई टुट्न दिन नहुने बताए । उनले शान्ति प्रक्रिया कार्यान्वयन नभई संविधान अघि बढ्न नसक्ने भन्दै मधेस लगायतका सबै क्षेत्र र वर्गका जनताको हित हुने गरी कांग्रेसले आवश्यक नीति ल्याउन लागेको जानकारीसमेत दिए ।

Posted by Arghakhanch Online on 12:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कांग्रेसले मधेस केन्दि्रत नीति ल्याउने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com