Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

माओवादी स्थायी समिति बैठक बस्ने

१८ फागुन । सरकार नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक आज बस्दैछ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठकलगत्तै अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पार्टीको भावी रणनीति तथा राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले तीन दलको शीर्ष बैठकमा आफूले पेस गरेको शान्तिप्रक्रियासम्बन्धी प्रस्ताव तथा अरुबाट संविधान र आयोगहरु गठनका सम्बन्धमा आएको प्रस्तावबारे सदस्यहरुलाई जानकारी दिने कार्यक्रम छ । माओवादीमा उपाध्यक्ष मोहन वैद्य पक्षले अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारको राजीनामा माग गरिरहेको छ । वैद्य पक्षीय नेताहरुले आजको बैठकमा पनि राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि प्रधानमन्त्रीको राजीनामाको विषय उठ्ने बताए । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई भने तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् ।
यस्तै स्थायी समितिमा लडाकुबाट वाईसीएलमा तानिएकाहरुलाई आर्थिक प्याकेज दिने विषयमा पनि छलफल गर्नेछ । लडाकुबाट वाईसीएलमा आएकाहरुले स्वैच्छिक अवकासमा जाने लडाकुसरह आर्थिक प्याकेजको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेपछि माओवादीले स्थायी समिति सदस्य नेत्रविक्रम चन्द र पोलिट्ब्युरो सदस्य जनादर्शन शर्मालाई त्यसका लागि आर्थिक स्रोत पहिल्याउने जिम्मेवारी दिएको थियो ।

Posted by Arghakhanch Online on 7:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for माओवादी स्थायी समिति बैठक बस्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com