लोडसेडिङका कारण मोबाईल टावरमा समस्या, सेवाग्राही मर्कामा I
News, राष्ट्रिय समाचार 10:49 PM
फागुन ११ गते
रोल्पाको सदरमुकामदेखि दक्षिण पश्चिमी क्षेत्र नुवागाँउ गाविस वडा नं. २ चौरपानी डाँडामा रहेको नेपाल टेलिकमको स्काई तथा नमस्ते मोबाईलको टावरमा लोडसेडिङका कारण पटक पटक समस्या आउने गरेका कारण स्थानिय उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।
विद्युत सुचारु नभएको बेलामा टावरै नआउने र सुचारु भएको बेलामा पनि पटक पटक टावर आउने जाने समस्या आउँदा रोल्पाको गैरीगाँउ, डुब्रिङ्ग, सखि, झेनाम, बुढागाँउ, जुगार, नुवागाँउ र सल्यानको गर्पालगायतका गाविसका सेवाग्राही मर्कामा पर्ने गरेका छन । ।