सुदूरपश्चिमाञ्चल बन्द I
News, राष्ट्रिय समाचार 10:51 PM
फागुन ११ गते ।
नयाँ सङ्घीय संरचनामा सुदूरपश्चिम टुक्र्याउन नहुने भन्दै आन्दोलनरत सुदूरपश्चिमाञ्चल जागरण मञ्चले सुदूरपश्चिम बन्दको आह्वान गरेपछि त्यस क्षेत्रको सवारीसाधन आज बिहानैबाट सन्चालन हुन सकेका छैनन् । डडेलधुराबा छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन सन्चालनमा नआउँदा यात्रुहरु मर्कामा परेका छन् । मञ्चले अघि सारेको अखण्ड सुदूरपश्चिमको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आज एक दिने सुदूरपश्चिम बन्दको आह्वान गरेको हो ।
मञ्चका प्रवक्ता हेमबाबु लेखकले आज एक दिन सुदूरपश्चिमको यातायात, कलकारखाना, बजार व्यवसाय, शिक्षण संस्थालगायत सबै बन्द रहने जानकारी दिनुभएको छ । उहाँले बन्दको समयमा सञ्चारकर्मी, कुटनितिक नियोग, एम्बुलेन्स, शववाहना, बैवाहिक समारोहका सवारीसाधनलगायत अत्यावश्यक साधनहरुमा कुनै अवरोध नपु¥याइने बताउनुभयो ।
राज्य पुनर्संरचना आयोगले सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई विभाजन गरेर थारु प्रदेश बनाउन सिफारिस गरेपछि चार वर्षदेखि अखण्ड सुदूरपश्चिमको माग गर्दै आएको जागरण मञ्चले आन्दोलन चर्काएको हो । अखण्ड सुदूरपश्चिमका लागि केन्द्रीयस्तरमा राजनीतिक निर्णय नभए सङ्घर्षका थप कार्यक्रम अघि सारिने मञ्चले चेतावनी दिएको छ ।