प्रधानमन्त्री कार्यालयभित्रै ब्लु फिल्म
News, राष्ट्रिय समाचार 8:34 PM
११ चैत, शुक्रबार दिउँसो १२३० बजे । प्रधानमन्त्री कार्यालयका सहसचिव जगदीश रेग्मीको कार्यकक्षमा पुग्दा उनको नेमप्लेटमा ‘बाहिर’ लेखिएको थियो ।कार्यकक्षभित्र तीनजना कर्मचारी कम्प्युटरमा एकटकले केही हेरिरहेका थिए ।‘रेग्मी सर हुनुहुन्छ ?’, मैले सोधें । उनीहरूको ध्यान कम्प्युटरमा थियो । ‘रेग्मी सर’ हुनुहुन्छ भनी सोध्दा उनीहरू झसङ्ग हुँदै चलमलाए । तीनैजनाको अनुहारमा अलिक हतास बनेको भाव प्रस्ट देखियो ।कम्प्युटरको ठीक अगाडि बस्नेले माउस समात्यो र हेर्दै गरेको पेज मिनिमाइज गर्यो । केही गडबड छ भन्ने महसुस भयो । अब त्यसै निस्कनुभन्दा खास कुरा के रहेछ त भनेर बुझ्ने उत्सुकता पलायो । नजिक गएर सोधें, ‘के हेर्दै हुनुहुन्थ्यो तपाइँहरू ?’ प्रश्न खस्नाथ नजिकै बस्ने व्यक्ति हड्बडाएर बोले, केही होइन, भित्र सर हुनुहुन्न, यत्तिकै टाइमपास गरेको ।’
यतित्तकैमा फेरि तीनैजना कम्प्युटरमा एकोहोरिए । के खिचडी पाक्दै रहेछ भने अलिकित निहुरिएर कम्प्युटरमा हेरें । अनि थाहा भयो, उनीहरूको एकोहोरोपनको रहस्य । कार्यालयमा समयमा ती कर्मचारी झुम्मिएर कम्प्युटरमा ब्लु फिल्म हेरिरहेका रहेछन् ।तीन कर्मचारीमध्ये सहसचिव रेग्मीका पीए पञ्चबहाुदर महर्जन र कार्यालय सहयोगी राजकृष्ण महर्जन चिनिए । अर्का एकजनाले नाम बताएनन्, फोटो खिज्दाखिज्दै उनी कोठाबाट भागे ।भिडियो हेर्दै गरेको फोटो खिच् खोज्दा हतारहतार कम्प्युटर टर्न अफ गरे, पञ्चबहादुर महर्जनले । त्यसपछि उनीहरूको हरेक क्रियाकलाप क्यामेरामा कैद भयो । अन्य दुई कोठाबाटै भागे । पञ्चबहादुर पनि भाग्न खोजे तर भिडियो नै खिच्न थालिसकेकाले उनी उम्कन पाएनन् । यसबीचको १० मिनेटमा पीए महर्जनले मिनरल वाटरको तीन लिटर पानी पटकपटक पिएर सिध्याए । दुईपटक ट्वाइलेट गए । हल्ला नगरिदिनुस् भन्दै खुट्टा समाउन खोजे । खिचिएको फोटो हटाउन मोबाइल खोस्न खोजे । उनी भन्दै थिए, ‘आज छाडिदिनुस्, यही लास्ट हो ।’ -सौर्य दैनिकका संवाददाता लोमस चापागाईंले प्रधानमन्त्री कार्यालयमा जे देखे)source onlinekhabar