हरेक गाविसमा अब वाईसिएललाई जागिर
News, राष्ट्रिय समाचार 8:31 PM
११ चैत, काठमाण्डौ । लडाकूले जस्तै एकमुष्ठ रकम वा रोजगारी पाउनुपर्ने माग गर्दै आएका वाईसिएललाई सम्हाल्न गा्रहो परिरहेका बेला वाईसिएल प्रमुखकी श्रीमतीले सम्हालेको मन्त्रालयले उनीहरुलाई रोजगारी दिने योजना बनाइरहेको छ ।
वाईसिएल प्रमुख गणेशमान पुनकी श्रीमती कमला रोका मन्त्री रहेको युवा तथा खेलकुद मन्त्रालयले वाईसिएल ब्यबस्थापन रणनीति अन्र्तगत हरेक गाविसमा एक खेलुकद अधिकारी राख्ने तथारी थालेको छ ।
वाईसिएल कार्यकर्तालाई जागिर खुवाउने गरि तयारी गरिएको यस्तो पद र उनीहरुको तलव ब्यबस्थापनका लागि आगामी आर्थिक बर्षको बजेटमा ब्यबस्था गर्न लागिएको छ । खेलकुदमन्त्री कमला रोकाले झण्डै ४ हजारवटै गाविसमा खेलकुद अधिकारी राख्ने तयारी भइरहेको वताइइन् । अर्थमन्त्री बर्षमान पुनले पनि छलफल भएको तर आफुसम्म प्रस्ताव आइनपुगेको बताए । सवै गाविसमा सरकारी अनुदान जाने भएकाले त्यसैबाट पनि तलब ब्यबस्थापन गर्न सकिने माओवादीको प्रस्ताव छ ।
त्यस्ता खेलकुद अधिकारीको दर्जा कुन हुने भन्ने अहिले नै खुलाई सकिएको छैन् । तर खरिदार तहको नियुक्ति दिएपनि उनीहरुले प्रतिमहिना १२ हजार तलव पाउनेछन् । यसो गर्दा ३ हजार ९ सय सवै गाविसका खेलकुद अधिकारीलाई तलव खुवाउनमात्रै बाषिर्क ५६ करोड रुपैयाँ आबश्यक पर्ने कान्तिपुर दैनिकले छापेको छ ।