भुटानी शिविरमा भीषण आगलागी
News, राष्ट्रिय समाचार 10:17 PM
फाल्गुन १९ - झापाको बेलडाँगीस्थित भुटानी शिविरमा गए राति १२:३० मा भीषण आगलागी हुँदा व्यापकरूपमा क्षति भएको छ ।
उक्त आगलागीबाट एक सय २० वटा छाप्रो जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्न २० वटा छाप्रो भत्काइएको बेलडाँगीस्थित सशस्त्र प्रहरी बेसक्याम्पले जनाएको छ । बेलडाँगी–२ सेक्टर–४ का रामचन्द्र बास्कोटाको छाप्रोबाट आगलागी सुरु भएको बताइएको छ ।