Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

होजाईकी पत्नी थुनामा

काठमाडौ, फाल्गुन १९ - भारतमा पृथकतावादी आन्दोलनमा संलग्न निरञ्जन होजाईकी पत्नी सरिता गिरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा बिहीबार जेल चलान गरिएको छ ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र, न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले गिरीलाई चार करोड धरौटी तिर्न आदेश गरेको थियो । त्यो दिन नसकेपछि उनलाई त्रिपुरेश्वर जगन्नाथदेवलस्थित महिला कारागारमा लगिएको विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले बताए । निर्मल राई र उनका पति होजाईलगायतलाई विपक्षी बनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार विशेषमा मुद्दा दायर गरेको थियो ।
त्यसैमाथि थुनछेकको सुनुवाइ गर्दै विशेषले राईलाई धरौटीको आदेश दिएको हो । होजाई भने भारतीय जेलमा थुनामा छन् । होजाईले नेपालमा निर्मल राईको नाममा नक्कली नागरिकता लिएर गिरीसँग बिहे गरेका थिए । होजाईले नेपालमा १३ करोडभन्दा बढी अवैध सम्पत्ति जोडेका थिए । त्यसको स्रोत देखाउन नसकेकाले उनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम विभागले मुद्दा दर्ता गरेको हो । अवैध सम्पत्ति लुकाउन होजाईलाई गिरीले मुख्य सहायता गरेकाले उनलाई पनि विभागले कसुरदार भन्दै विपक्षी बनाएको हो । तर अदालतमा गिरीले राई विदेशी हो भन्ने थाहा नभएकाले बिहे गरेको बयान दिएकी थिइन् । विशेष अदालतले भने उनको बयान अपत्यारिलो मानेको छ । गिरीले पतिको मृत्यु भएको भनी नक्कली प्रमाणपत्र बनाएर होजाईको सबै सम्पत्ति आफ्नोसमेत बनाएकी थिइन् ।
निर्मल राई नै निरञ्जन होजाई भएको तथ्यमा विवाद नभएको, पतिको मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र बनाई पतिको नाउँको घरजग्गा र गाडीहरूसमेत नामसारी गरी आफ्नो दाजु, बाबु, आमा र अन्य व्यक्तिका नाउँमा समेत हस्तान्तरण गरेको आदेशमा छ । सिंगापुरको सिटी बैंकबाट कानुनी स्रोत नखुलेको रुपैयाँ आउने खबर पाएपछि अन्य बैंकमा खाता हुँदाहुँदै एभरेस्ट बैंक लिमिटेड बानेश्वरमा छुट्टै खाता खोली १,८३,२०९ अमेरिकी डलरको हुने रु.१,४३,८८,९९१।७५ जम्मा गराएको समेतको तत्काल प्राप्त प्रमाणबाट देखिएको त्यसमा उल्लेख छ ।
आदेशमा भनिएको छ- 'सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न रहेको भन्ने देखिएकाले बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम रु.४,५१,००,०००।- (चार करोड एकाउन्न लाख) नगद वा सो खाम्ने जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा र सो दिन नसके अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी कारबाही गर्नू ।'
होजाईको प्राडो गाडी, स्कुटर, झोला र चार्जरसहितको ल्यापटप, डिजिटल क्यामराको मेमोरी कार्ड, हायात गोल्ड पासपोर्ट कार्ड, पेन ड्राइभ, मोबाइल (नोकिया) थान २, लगायतका दसीका सामानलाई जिन्सी धरौटीमा राख्न पनि आदेश भएको छ ।(इकान्तिपुर  बाट )

Posted by Arghakhanch Online on 7:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for होजाईकी पत्नी थुनामा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com