अमेरिकामा समुद्री आँधीमा परि १२ जना मानिसहरू मारिए
News, विश्व समाचार 7:41 PM
न्यूयोर्क, फागुन १९, अमेरिकाको विभिन्न राज्यमा आएको समुद्री आँधीका कारण कम्तिमा १२ जना मानिसको मृत्यु भएको छ । यस घटनामा १०० जना भन्दा बढी मानिस घाइते भएका छन् भने धेरै घरहरु ध्वस्त भएको छ । आंधीबाट इलिअन्स , मिसौरी र कान्सास राज्यका विभिन्न क्षेत्रहरु बढी प्रभावित भएको बताइएको छ ।
यस घटनामा २०० देखि २५० घरहरू भत्किएको कुरा अधिकारीहरूले जनाएका छन् । ती भत्किएका भवनहरुमा च्यापिएका मानिसको खोजी भैरहेको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण व्यापका जनधनको क्षति भएपछि कान्सास र मिसौरी रांज्यमा आपतकालीन स्थितको घोषणा गरिएको छ ।