Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कहिले श्रीमती कहिले भाउजू हुम्लामा बहुपति प्रथा

१० चैत, हुम्ला । पन्ध्र वर्षअघि विद्रोह नगरेको भए बुरौसेका कङ्री लामाको जिन्दगीमा भाउजूसित बिताउनुपर्ने हुन्थ्यो तर अहिले उनको आफ्नै घर र परिवार छ । बहुपति प्रथाका विरुद्धमा विद्रोह गरेका कङ्री भन्छन्, ‘सबै दाइभाइको एउटै श्रीमती हुने चलन राम्रो लागेन । त्यसैले विद्रोह गरेर घरबाट बाहिरिए ।’
विद्रोह गरेर घरबाट निस्किएपछि उनी घर गएका छैनन् भने दाइ र भाउजूसित सम्बन्ध पनि छैन । उनले विद्रोह गरेकै कारण दाइ दोर्जेअन्जू लामाले उनलाई सम्पत्तिबाटै बेदखल गरिदिए । ‘त्यसपछि घर गएको छैन, दाइहरूसित बोलचाल नै छैन’, उनले भने ।
बुरौसेकी डोल्मासित उनको प्रेम टुसाउन थालेपछि उनले बहुपति प्रथाविरुद्ध विद्रोह गरेका थिए । उनी घरबाट निष्कासित हुँदा उनका साथमा नवदुलही डोल्मामात्र थिइन्, सम्पत्ति केही थिएन ।
कङ्रीका अनुसार १० वर्षअघिसम्म पनि हुम्लामा बुहपति प्रथा कायम थियो । हुम्लाको बुरौसे, बरगाउँ, तोर्पा, लिमाटाङलगायतका स्थानका लामा समुदायमा यस्तो प्रथा कालान्तरदेखि चल्दै आएको थियो । समयसँगै यस्तो प्रथा अहिले ठ्याममै उन्मूलन नै भइसकेको हुम्लाबासी बताउँछन् ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार त्यतिखेर चौंरी, घोडा, भेडालगायतका चौपाय चराउन तथा व्यापारका लागि अन्यत्र जानुपर्ने हुन्थ्यो । परिवारका सबै छोरा पालैपालो गाउँबाहिर जानुपर्ने र एक भाइ घर कुरेर बस्नुपथ्र्यो । ‘बाबुआमाले एउटी महिलालाई भाइहरूको सामूहिक पत्नीका रूपमा बिहे गराइदिन्थे’, उनले तिनताका घटना स्मरण गर्दै भने, ‘त्यसरी बिहे गरेर ल्याएकी श्रीमतीलाई घर कुरेर बस्ने भाइको जिम्मामा दिने चलन थियो ।’
लामा समुदायमा कान्छो छोरा बिहे गर्ने उमेर भएपछि अभिभावक कन्याको घरमा गई बुहारी माग्ने चलन थियो । करिब ३५ वर्षअघि कान्छा छोरा कङ्री १५ वर्ष उमेरका थिए । जेठो दाइ दोर्जे अन्जु र माहिलो दाइ सोनामतार्गे उनीभन्दा निकै जेठा थिए तर चलनअनुसार कान्छो छोराको बिहे गर्ने उमेर नहुन्जेलसम्म दुर्व दाइको बिहे गरिएको थिएन ।source onlinekhabar

Posted by Arghakhanch Online on 11:26 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कहिले श्रीमती कहिले भाउजू हुम्लामा बहुपति प्रथा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com