म्याग्दीमा यात्रु बाहक माईक्रो वस दुर्घटना हुँदा ११ जना तीर्थयात्री गम्भीर घाइते भएका छन्।
News, राष्ट्रिय समाचार 4:26 AM
फागुन २७- म्याग्दीमा यात्रु बाहक माईक्रो वस दुर्घटना हुँदा ११ जना तीर्थयात्री गम्भीर घाइते भएका छन्। बेनी-मुस्ताङ सडक खण्डको बेगखोलमा शनिवार दुर्घटना हुँदा मुक्तिनाथ दर्शन गरेर पर्किँदै गरेका तीर्थ यात्री घाइते भएका हुन्।घाइते हुनेमा काठमाडौ पाटनका शान्ति शाक्य, तेज जोशी, माननरसिहं कार्की, अस्मिता महर्जन, ज्योती जोशी, सविता बज्राचार्य, ललितपुरकी लक्ष्मी महर्जन र शान्ति महर्जन , म्याग्दी घार-६की देवी खड्का, शिख-९ की थाममायां खत्री र घतान-६ की पौमायां बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय,म्याग्दीले जाएको छ।
बेनीतर्फ आउँदै गरेको ध १ त ८ नम्बरको माईक्रोबस बेनी-जोमसोम सडकखण्ड अर्न्तगत तिब्ल्याङ्ग र बेगखोलाको बीचभागमा दुर्घटना भएको थियो। घाइतेको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ।