Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

किमडाँडामा गोलभेडाबाट लाखौं आम्दानी



फाल्गुन २७, अर्घाखाँची - अन्नखेती भन्दा राम्रो आम्दानी भएपछि जिल्लाको किमडाँडाँका कृषक व्यावसायिक गोलभेडा खेतीतर्फ आकषिृत भएका छन ।  तीन वर्ष देखि यहाँका कृषकले गोलभेडा खेती गर्न शुरु गरेका छन । आम्दानी राम्रो हुन थालेपछि व्यावसायीक रुपमा गाउँका करिब ३ सय रा्पनी भन्दा बढी भिराला बारीमा यहाँका ३० जना कृषकले ब्यावसायिक रुपमा आफनो सबै जग्गामा गोलभेडा खेती गरेका छन । किमडाँडाँबाट सातामा ६० क्युईन्टल जति गोलभेडा उत्पादन भईरहेको छ । 

बजारमा  प्रतिकेजी ३५ देखि ४० रुपैयामा बिकि्र गोलभेडा बिक्री हुने गर्छ । भिरालोबारीमा प्लाष्टिक टनेल प्रविधिबाट खेती गरेका छन । दुई वर्षदेखि जिल्ला कषि विकास कार्यालयको सहयोगमा यो प्रविधिले दोब्बर आम्दानी भएको कृषकहरु बताउँछन । किमडाँडाँका कॄषक पुष्करनाथ बन्जाडेले आफनो सबै बारीमा गोलभेडा खेती गरेका छन । १५ रोपनी जग्गामा गोलभेडाबाट वार्षिक रुपमा ३ देखि ४ लाख सम्म आम्दानी गर्छन । भिरालो बारीमा गोलभेडा खेतीले मनग्य आम्दानी भएपछि बन्जाडे मात्रै नभएर किमडाँडाँ गाउँका अधिकाश कृषकले उत्पादन गरेको गोलभेडाले सिगो सदरमुकामलाई धानेको छ ।

पानीको अभावले यहाँका कृषकले प्लाष्टिक पोखरीमा आकाशको पानी जम्मा गरेर सिचाई गर्ने गर्छन । हात मुख धोएको भाडाँ माझेको नुहाएको र गाई भैसीको पिसाव पोखरीमा संकलन गरेर गोलभेडा खेती गर्ने उनले बताए । अर्का कॄषक गणेश बन्जाडेले पनि गोलभेडाबाट वार्षिक रुपमा ३ लाख जति कमाउने उनले बताए । भिरालो बारीमा अन्न खेतीबाट परिवार धान्न मुस्किल परेका स्थानीय बासिन्दको जीवनी अहिले गोलभेडाले परिवर्तन गरिदिएको छ । गोलभेडाबाट राम्रो नाफा हुँदा घर खर्चमात्रै नभएर छोरछोरीलाईृ पनि रामै बोडिङमा पढाउन सकिएको किमडाँडाकी बसन्ता भुसालले बताईन ।

विदेशमा भन्दा गोलभेडा खेतीबाट धेरै आम्दानी भएपछि विदेश जान लागेका पनि तरकारी खेती गर्न थालेका छन । गोलभेडाबाट यहाँका गाउँलेले प्रतिघर वार्षिक रुपमा ३० देखी ४ लाख रुपैयाँसम्म आम्दानी गर्छन । भिरालो र पाखो बारीमा गोलभेडाखेतीबाट लाखौ कमाई हुँदा कृषक दंग परेका छन । सदरमुकाम सन्धिखर्क देखि २० किलोमिटर पश्चिममा पर्ने उक्त गाउँ गोलभेडा खेतीले चर्चित छ । गोलभेडा र तरकारी लिन बजारबाट ग्राहक घरमै जाने गरेपछि कृषक खेती  गर्न उत्साहित भएका छन । जिल्ला कृषि विकास कार्यालयले उक्त गाउँलाई पकेट क्षेत्र घोषण गरेको छ । गोलभेडाबाट किमडाँडाँमा वार्षिक १ करोड रुपैयाँ भन्दा बढी गाउँमा भित्रिने कृषको अनुमान छ (Source : अर्घाखाँचीडट्कम)

Posted by Arghakhanch Online on 4:16 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for किमडाँडामा गोलभेडाबाट लाखौं आम्दानी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com