सार्वजनिक रुपमा सेक्सको कुरा गर्न धेरै मानिस अघि सर्दैनन् ।
News, PhotoSlider, मनोरञ्जन 11:49 AM
सार्वजनिक रुपमा सेक्सको कुरा गर्न धेरै मानिस अघि सर्दैनन् । धेरै सेलिब्रेटीहरु सेक्सको प्रश्न सोधियो की उत्तर दिन हच्किन्छन् । तर कोहीकोही सेलिब्रेटी भने यस्ता हुन्छन् जसले चर्चामा आउनकै लागि भएपनि सेक्सका बिकाउ कुरा गर्छन् । यस्तै गरेकी छिन् भारतकी एकजना मोडेलले ।
बोल्ड तथा सेक्सी भारतीय मोडेल कश्मिरा शाह एकपटक फेरी चर्चा र विवादमा तानिएकी छिन् । यो पटक उनी उत्तेजक अभिव्यक्तिका कारण चर्चामा आएकी हुन् । कश्मिराले एक पत्रिकासँगको अन्तरवार्तामा आफ्नो निजि जिन्दगीका यौन सम्बन्धि निकै गोप्य कुरा छताछुल्ल पारेकी छिन् ।
पत्रकारले उनलाई ‘तपाइँ आफ्नो तनाव कम गर्न के गर्नुहुन्छ ?’ भनी सोधेको प्रश्नमा उनले भनेकी छिन्,’ म आफुलाई तनाव मुक्त गर्न आफ्नो ब्वायफ्रेन्डसँग सेक्स गर्छु ।’
कश्मिराले सेक्स फ्याक्टर नै आफ्नो लाइफको एक्स फ्याक्टर रहेको बताइन् । स्ट्रेस कम गर्न आफु आफ्नो पार्टनरसँग सुत्ने र सेक्स गर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘मलाई लाग्छ यदि तपाइँ ओछ्यानमा समेत खुसी रहनुहुन्न भने तपाइँ कहीँपनि खुसी हुन सक्नुहुन्न । खुसी हुन सकिएनभने विवाह जस्तो बन्धनमा कसरी विश्वास गर्न सकिन्छ ?’
विवाह मानिसले बनाएको एक बन्धन रहेको र विवाह गरिसकेपछि त्यस बन्धनको कदर गर्नुपर्ने कश्मिराको ठम्याइ छ । ‘मलाई विवाह गरेका मान्छेहरुलाई देख्दा राम्रो लाग्छ तर मेरो दोश्रोपटक विवाह कहिले हुनेहो मलाई थाहा छैन,’ कश्मिरा भन्छिन् ।
स्मरण रहोस् पति ब्रान्ड लिस्टरम्यानसँग सम्बन्ध विच्छेद गरेपछि कश्मिरा अहिले कृष्णा अभिशेक नामका केटासँग मस्ती गरिरहेकी छिन् ।source onlinekhabar