Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

इतेको उपचार हुन नसकेपछि हेलिकोप्टर मगाउन दबाब दिनेले जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी गरेका छन्।

 चैत, १४ - बझाङमा सोमबारको जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई तत्काल नाइटभिजन हेलिकोप्टर लगेर उद्दार गर्न प्रधान मन्त्री बाबुराम भट्टराईले प्रधान सेनापतिलाई निर्देशन दिएका छन्। यो दुर्घटनामा छ यात्रुको मृत्युको छ भने १६ जना गम्भीर घाइते भएका छन्।
घाइतेको उपचार हुन नसकेपछि हेलिकोप्टर मगाउन दबाब दिनेले जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी गरेका छन्। उनीहरुले नाराबाजी पनि गरेका छन्। यो घटनापछि प्रधान मन्त्रीले यस्तो निर्देशन दिएका हुन। 
उक्त घटनामा बझाङ सदरमुकाम चैनपुरबाट तमैल जाँदै गरेको से १ च ३५१ नम्बरको जीप दुर्घट्ना भएको हो। रिठापाटा गाविस–७ देउलमा जीप सड्कबाट तीन सय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृत्यु हुनेमा एक बालक र दुई महिलासमेत छन्। घटनास्थल पुगेका स्थानीय राकेश सिंहले दिएको जानकारीअनुसार दुर्घटनामा परी रिठापाटा–६ का निमेश खड्का, भैरवनाथ गाविस–१ का मेघराज गिरी र गोरख गिरी, चैनपुर–६ का केशरीदेवी रोकाया र सैनपसेला–२ का अमृला जप्रेल छन्।
घटनास्थल सदरमुकामदेखि दश मिनट पैदल दूरीमा पर्छ। जिल्ला अस्पतालका कार्यालय सहायक जगतप्रसाद जोशीका अनुसार १६ जना यात्रुलाई अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनीहरुको अवस्था गम्भीर छ ,भीरमा  दुर्घटना  भएकाले उद्दारमा ढिलाई भएको छ।अहिले विद्यार्थी तथा घाइतेका आफन्तजनले जिल्ला प्रशासन कार्यालयमा नारावाजी तथा तोडफोड गरिरहेका छन्। घाइतेलाई उपचारका लागि अन्यत्र लैजान उनीहरुले तत्काल हेलिकप्टर मगाउनुपर्ने भन्दै तोडफोड गर्न थालेका हुन्। 'समयमै उपचार नपाए मृत्यु हुनेको सङ्ख्या बढ्छ' प्रशासनमा रहेका स्थानीय रोकेश सिंहले भने। घाइते भएका यात्रुहरु अस्पताल परिसरमा यत्रतत्र राखिएका छन्। उनीहरुको उपचार हुन सकेको छैन।स्रोत :नागरिक 

Posted by Arghakhanch Online on 8:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for इतेको उपचार हुन नसकेपछि हेलिकोप्टर मगाउन दबाब दिनेले जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com