कोइरालाले श्रीमतीको हत्या गरेको घटना सेलाउदै नपाउँदै फेरि प्रहरी अधिकारीले श्रीमतीको अत्या
News, राष्ट्रिय समाचार 8:32 PM
चैत्र १४,सशस्त्रका डिआईजी रञ्जन कोइरालाले श्रीमतीको हत्या गरेको घटना सेलाउदै नपाउँदै फेरि प्रहरी अधिकारीले श्रीमतीको अत्या गरेका छन् ।राष्ट्रिय अनुसन्धन विभागका कार्यरत असई पदका सोलुखुम्बु सल्यानका पून्य निरौलाले आफ्नी ३२ वर्षीया रमिला अधिकारी निरौलाको हत्या गरेका हुन् ।
पुन्यले धारिलो हतियार सिलौटा, लोहोरो लगायतका सामाग्रीले निर्घात कुटपिट गरेपछि बेहोस भएकी रमिलाको विश्वज्वति अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ । पुन्यले श्रीमती रमिला र ७ वर्षीय छोरा साइन्समाथि चैत ३ गते राति कुटपिट गरेका थिए ।गम्भीर घाइते साइन्सको भने अहिले उपचार भइरहेको छ । यसैबीच ओरेक नेपालले दोषीमाथि कारबाहीको माग गरेको छ । जनताको जीउ, धन तथा सम्पत्तिको सुरक्षा तथा अपराध नियन्त्रणका लागि सेवामा खटिएका राष्ट्रसेवक बाटै यस्तो जघन्य अपराध दोहोरी रहनुले सरकार र न्याय प्रणालीलाई नै चुनौती भएको ओरेकले बिज्ञप्ती जारी गरि जनाएको छ ।