एउटा नेपाली घडी बनेको जसको मूल्य १३ लाख रुपैयाँ पर्छ ।
News, सूचना प्रबिधि 8:47 PM
१४ चैत, नेपालमा सियोसमेत वन्दैन भन्ने थेगो सवैका मुखमा झुण्डिएको छ । तर, अहिले एउटा नेपाली घडी बनेको जसको मूल्य १३ लाख रुपैयाँ पर्छ । र, घडीको डालयमा प्रयोग गरिएको छ- सर्वोच्च शिखर सगरमाथाको ढुंगा ।
बिश्वभर पर्यटनका लागि प्रशिद्ध सगरमाथा शिखरको ढुंगा घडी बनाउन प्रयोग हुन्छ भन्ने सायदै कमले सोच्छन होला । तर यस्तै भयो । सगरमाथाको चुचुरोको ढुंगा प्रयोग भएको घडी सोमबार सार्वजनिक भएको छ । घडीमा लेखिएको छ – मेड इन नेपाल ।’
२५ लाख रुपैयाँको लगानीमा घडी बनाउने कारखाना खोलेका यी पर्वतारोहीलाई बिश्वप्रसिद्ध घडी निर्माता ‘कोबोल्ड’ले सघाएको छ । र, उनीहरुको संयुक्त प्रयासमा बनेको घडीको नाम रह्यो- ‘कोबोल्ड हिमालय, मेड इन नेपाल ।’
कोबोल्ड कम्पनीका मालिक माइकल कोबोल्ट सगरमाथा चढ्न आउँदा यी दुई शेर्पाले गाइडका रुपमा सघाएका थिए । सगरमाथा चढ्ने सवैभन्दा पाका यीनै कोबोल्टसँगको संगतले नेपालमा घडी बन्यो । आफैं ब्रान्ड एम्बसडर रहेका कोबोल्टले नेपालमा आएर घडीको सोरुम उद्घाटन गरेका छन् ।
सगरमाथाबाट ल्याएको एउटा ढुंगाबाट २२ वटा घडी बनाएको नाम्ग्यालले सुनाए । यसको मूल्य नेपालीहरुका लागि सगरमाथाको उचाईसरह अर्थात ८ हजार ८ सय ५० डलर तोकिएको छ । तर बिदेशीहरुका लागि १६ हजार ५ सय (झण्डै १३ लाख रुपैया) अमेरिकी डलर पर्ने कोबोल्टले बताए ।