Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मैले देखेको भोगेको विदेसमा



पशुपति श्रेष्ठ
दोहा कतार

कुनै पनि व्यक्ति आफ्नो जिवनलाई खुसि अनि सुखि बनाउन पैसाको नै जरुरी
हुन्छ। मानिस सँग पैसा छ त सबैको प्यारो अनि राम्रो पनि भईन्छ। तर यस्तै
नेपालको गरिबि अनि स्वार्थी राजनीतिक नेताहरुको खिचतानी र बढदो महङगीको
कारण करोडौ युवा प्रदेसिनु बाध्यता छ। लाखौ रुपैया लगानी लगाएर  राम्रो
काम अनि राम्रो कमाईको लालचमा लागि प्रदेसिएका हामी युवा लाखौं छौ|
आफ्नो घर परीवार अनि साथिभाईको न्यानो साथ छाडि प्रदेस तिर लागेका हामि
नेपालीहरुले भने जस्तो काम अनि पारिश्रमिक नपाएर पनि दुई तिन वर्षको
अग्रिमेन्टपेपरको साथमा विदेशमा बस्न बाध्य छौ। बाध्यता पनि किन नहोस त लाखौ रुपैया सय कडा तिन चार रुपैयाको दरले व्याजमा रिन काडि विदेसिएका युवा पनि विरलै छन्। आफ्नो जिन्दगिको नौलो सपना बोकि कसैको विश्वास गरी विदेसमा आइन्छ तर विदेसमा दलालले भने जस्तो काम र दाम नपाएर बसेका नेपालीहरु कतारमा
प्रस्सत मात्रमा देखिन्छ।

मैले देखे बुझे र परेको अनुसार कतारमा ८०% सप्लाई कम्पनि भएको अनुमान
पाको छु। तर नेपालबाट दलालले भने अनुसार यहाँ सुविधा नपाएपनि जसो तसो
कतारको कानुन अनुसार दुई वर्ष सम्म बस्न बाध्यता छ।

तर दलालले भनेको सुविधा नपाएपनि घर फर्काउ कसरी? लाखौ रुपैया साहु सँग
रिन लिएर आएको र गाउँ घरमा हेरिने नराम्रो रुपले गर्दापनि जसो तसो बाध्य
भएर बस्नुपरेको धेरै युवाहरु बताउछन्। तर कतारको बारेमा नेपालीको दुख
बताउदा कुनै पनि सप्लाई कम्पनिले आफुले बगाएको पसिनाको मुल्य समयमै
पाउदैनन्।

दिनको आठ घण्टा काम गरने ठाउँमा दिनको २\३ घण्टा बिना मुल्यको अमुल्य समय
यो चिसो मौषम खाडि मुलुकमा आगोले भन्दा बढि पोल्ने जस्तो तातो घाम खाएर
गाडिको कतिबेला लिन आउछ भन्दै बाटो हेर्दै यो जाडो या गर्मिमा आफुले काम
गर्ने साइटको गेटकै बाहिर दुई तिन घण्टा सम्म जाडोमा सुसुसुसु.....गर्दै
र गर्मिमा पसिनाले लछ्कै भिजेरघण्टौ गाडिको प्रतिक्षामा बस्नुपदर्छ। तर
कम्पनिमा गाडि पठाइदिन भन्दै फोन गर्दा पनि आउदैछ भन्दै टारिदिने गरेको
मैले नै भोगेको छु।

अझ दुखको कुरा त  बिरामि पर्दा समेत कम्पनिले वास्ता गर्दैनन। सधै
खल्तिमा पैसा पनि हुदैन् जसोतसो कम्पनिको अपिसमा गएपनि यो अस्पताल होर ?
भन्दै थर्काउने पनि गर्दछन्।

कोइ कोइ कम्पनीमा बिभिन्न माग राख्दै काममा नगोइ बस्दा कतिपय
नेपाली दाजुहरु नेपालबाट दलाललाई लाखौं रुपैया दिएर आउनु भएका दाजुहरु
त्यो लाख रुपैया पनि कमाउन नपाउदै निरास हुँदै घर
फर्किएका छन|
तर यस्ता घटना तथा दुखहरुलाई कसैले पनि वास्ता गर्दैनन। विदेशमा परेको
दुख अनि पिडा नेपालीले नेपालमा गएर बाडदैन यदी साटा साट गरेपनी आफुले
कमएर आयो आरुलाई नजा भन्छ भनी उल्टै बिल्ला बनाउछन|  गाउँका साथिभाई अनि
आफ्न्तले कस्तो छ? बिदेसमा काम भनि सोध्दा पनि राम्रै छ भन्नुनै पर्यो।

यस्ता दुखहरु विदेसमा खेपिरहदा समेत आफ्नो घर परिवारले समेत बुझेका
हुँदैनन| यो कतै परिवारले नसोचोस कि विदेसमा पैसा को रुख छ भनेर विदेसमा
कतै पैसाको रुख छैन जहाँ चड्यो अनि टिप्यो र पठायो|

Posted by Arghakhanch Online on 11:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मैले देखेको भोगेको विदेसमा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com