Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

यस्तो बन्दैछ काठमाडौंमा मेट्रो रेल संजाल


अस्तब्यस्त काठमाडौंको यातायातलाई ब्यबस्थित बनाउन ल्याउने भनिएको काठमाण्डौं मेट्रो रेलको प्रारम्भिक खाका तयार भएको छ । रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने गरि एक गरि ५ वटा लाइन प्रस्ताव गरिएको रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जोड्ने छ । ६६ दशमलव १ किलोमिटर लामो रेलसंजालको मुख्य टर्मिनल रत्नपार्कलाई बनाउने प्रस्ताव गरिएको छ । कुल ३१ स्टेशन रहने काठमाडौं मेट्रो रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र शहिदगेड, जमल र नारायणहिटी गरि कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्तन गर्ने ट्रान्सफर स्टेसन बनाउने प्रस्ताव गरिएको छ । अन्य २१ ठाउँमा यात्रु चढने र ओर्लने स्टेशन बनाउने प्रस्ताव गरिएको छ ।

काठमाडौं मेट्रो बनाउन सम्भाब्यता अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट बनाई रेल बिभागलाई पेश गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले अनलाइनखबरसँग भन्नुभयो- विभागले प्रारम्भिक रिपोर्ट तयार पारेको छ, आगामी साता पत्रकार सम्मेलन गरि यसलाई सार्वजनिक गर्ने छौं ।’
चार कोरियाली र दुई स्थानीय कम्पनीको संलग्नतामा करिव साढे ६ करोड रुपैयाँको लागतमा तयार पारिएको प्रारम्भिक प्रतिबेदनअनुसार यो रेल जमिनमुनी, जमिनमाथि र जमिनको सतहमा कुद्ने छ । रेल बिभागका इन्जिनियर राजेश्वरमा सिंहका अनुसार कुन कुन ठाउँमा कस्तो संरचना बन्ने भन्ने जानकारी विस्तृत अध्ययन प्रतिबेदनमा मात्र खुल्ने छ । रेल बिभागले सन् २०१२ को नोभेम्बरसम्म विस्तृत प्रतिबेदन तयार पार्ने समय दिएको छ ।

प्रतिबेदन अनुसार सवैभन्दा लामो रेल्वे लाइन हुनेछ रिङ रोडमा । २७ दशमलव ३५ किलोमिटर लामो यो रेल लाइनले रिङरोडका सवै चोकलाई जोडने छ । सवैजसो चोकमा यात्रु चढ्ने र झर्ने स्टेशन हुनेछन भने ९ मुख्य चोकमा रेल्वे लाइन परिवर्तन गर्न मिल्ने स्टेशन हुनेछन् ।

दोस्रो रेलवे कलंकीबाट सुरु भई सिनामंगलमा गएर टुंगिने छ । यस्तै लाइन नम्बर ३ गोंगोवुबाट सुरु भई तीनकुने पुगेर टुंगिने छ भने चौथो लाइन सात दोबाटोबाट सुरु भई शहरका भित्रि भाग छिचोल्दै नारायणगोपाल चोक पुगेर अन्त्य हुने छ । यस्तै पाँचौ लाइन बल्खुबाट सुरु भई चावहिल पुगेर अन्त्य हुने छ ।

यसैबीच बानेश्वरमा यसैवर्ष फ्लाइओभर बन्दैछ । फ्लाइओभरको डिजाइन स्वीकृत भइसकेको छ भने डिपिआर बन्द गरेको छ । सचिव सिटौलाका अनुसार आगामी वर्षसम्मका काम सक्ने गरी फ्लाइओभर निर्माणको तयारी भइरहेको छ ।
फ्लाइओभर ३ सय ४० मिटरको हुनेछ । सरकारी योजना अनुसार फ्लाइओभर बनेपछि माइतिघर तीनकुने सडकमा गुढ्ने ५५ प्रतिशतभन्दा बढी सवारी ओभरपास हुँदै बनेश्वर चोक कपार गर्छन् भने बाँकी सवारी मुनिबाटै बानेश्वर र शंखमूलतिर मोडिन्छन् ।source:नेपाल कोरिया डट 

Posted by Arghakhanch Online on 1:03 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यस्तो बन्दैछ काठमाडौंमा मेट्रो रेल संजाल

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com