वैद्य पक्षद्वारा साना पार्टीसँग मोर्चा गठन
News, राष्ट्रिय समाचार 4:44 PM
चैत्र १० - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले राष्ट्रिय स्वाधीनता, 'जनसंविधान र सम्मानजनक शान्ति प्रक्रिया' लगायत विषयमा आन्दोलन गर्न मोर्चा बनाएको छ ।
मधेसी जनअधिकार फोरम, माओवादी मात्रिका समूह, क्रान्तिकारी कम्युनिस्ट पार्टी, माले समाजवादीलगायत १२ साना पार्टीसँग आन्दोलनका लागि मोर्चा बनाएको माओवादी सचिव सीपी गजुरेलले जानकारी दिए । उनले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । उनले संघीयता, महँगीलगायतका विषयमा आन्दोलन गरिने बताए ।स्रोत: कान्तिपुर