कालोपट्टीसहित धर्ना
News, राष्ट्रिय समाचार 4:41 PM
चैत्र १० - मादक पदार्थ सेवन गरेर बिर अस्पतालका स्वास्थ्यकर्मी लगायतकाहरुलाई अभद्र व्यवहार गर्ने स्वास्थ्य राज्य मन्त्री सरोज कुमार यादवलाइ कानुनी कारवाही सहित मन्त्री पदवाट वर्खास्तको मांग गर्दे अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी र चिकित्सकहरुले विहिवार समेत कालो पट्टी बाँधेर डेढ घन्टा धर्ना दिएका छन ।
अस्पतालका १५ वटा कर्मचारी संघ संगठनको आव्हानमा मंगलवार देखी विरोध कार्यक्रम जारी रहेको हो । अस्पतालका कर्मचारीहरुले वुधवार प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । अस्पतालका कर्मचारी युनियनका सचिव दिपक मुडभरीका अनुसार प्रधानमन्त्रीको तर्फवाट उहाको स्वकिय सचिव गंगा श्रेष्ठले ज्ञापन पत्र लिएका थिए । मुडभरीका अनुसार प्रधानमन्त्रीलाई उल्लेख गर्दे श्रेष्ठले दुई दिन भित्र प्रधानमन्त्रीद्वारा कारवाई गरिने आश्वासन समेत दिएका थिए । यस्तै स्वास्थ्य मन्त्री राजेन्द्र महतोले यो प्रकरणमा छानविन गरिने वताएका थिए । अस्पतालमा शुक्रवार देखी विरोध प्रदर्शण जारी रहे पनि धर्ना भने नगरिने मुडभरीले वताए । 'हामी कालो पट्टी बाँधेर माग पूरा नभए सम्म विरोध जारी नै राख्ने छौं', उनले भने ।स्रोत: कान्तिपुर