जेनिफर पनि सानो पर्दामा
मनोरञ्जन 10:23 PM
पप गायिका तथा नायिका जेनिफर लोपेजलाई अब टेलिभिजनमा भिडियो जक्कीका रूपमा देख्न पाइनेछ। जेनिफर तथा मार्क एन्थोनीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको श्रृंखला 'क्यू भिभाः द चोजन' को अंग्रेजी संस्करण फक्स च्यानलबाट प्रसारण हुने भएको छ। यो सीजनमा उक्त कार्यक्रमका क्रममा लोपेजलाई टेलिभिजनमा करिब ६० घण्टाभन्दा बढी देख्न पाइनेछ। यो कार्यक्रमको प्रीमियर आगामी ३ मार्चका दिन राति ८ बजे गरिंदैछ। यसमा लोपेज, एन्थोनी तथा निर्देशक जेमी किङ गुमनाम ल्याटिन कलाकारहरूको खोजीमा २० देशको भ्रमण गर्नेछन्। कार्यक्रमको प्रसारण हरेक हप्ता ५ दिन हुनेछ। आगामी ७ अप्रिलका दिन कार्यक्रणको अन्तिम श्रृंखला प्रसारण हुनेछ।