Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नाम मिल्दा देवराज हैरान

फागुन १९ राजधानीको बबरमहलमा बम विस्फोट गराउने संयुक्त जातीय मुक्तिमोर्चाका देवराज लामासँग नाम मिल्दा काभ्रे, भीमखोरी- ३, भैंसेका देवराज लामा यतिखेर हैरान छन्। चिनेजानेकालाई आफू बम पड्काउने देवराज होइन भनेर सफाइ दिँदादिँदा उनी थाकेका हुन्।
काभ्रे सदरमुकाम धुलिखेलस्थित डेरामा बस्दै आएका लामाका मंगलबार र बुधबार चिनेजानेका र बाटोमा भेटेकालाई स्पष्टीकरण दिएरै बित्यो। 'मंगलबार त कतिले त्यो देवराज भन्ने यही हो भनेर मेरै नाममा बाजीसमेत थापेछन्,' उनले सुनाए।
लामा काभ्रे जिविस (तत्कालीन जिल्ला पञ्चायत) मा २०४४ जेठदेखि २०४६ चैत २५ सम्म उपसभापति थिए। त्यतिखेर संयुक्त मार्क्सवादी पार्टीमा आबद्ध उनलाई वामपन्थीका साझा उम्मेदवारका रुपमा वाम बुद्धिजीवी श्याम श्रेष्ठले उम्मेदवार सिफारिस गरेका थिए। पछि एमालेमा प्रवेश गरेका उनले २०४८ मा टिकट नपाएपछि काभ्रे क्षेत्र नं १ र २ दुई ठाउँबाट स्वतन्त्र ( कुखुराको भाले चिह्न) उम्मेदवार बनेका थिए। दुवै ठाउँबाट पराजित भएपछि उनले एमाले पनि छाडे र कांग्रेसमा आबद्ध भए।
२०४९ असार १५ गते गिरिजाप्रसाद कोइरालाबाट टीका लगाएर कांग्रेस छिरेका लामा अहिले काभ्रे कांग्रेस क्षेत्र नं १ बाट क्षेत्रीय प्रतिनिधि छन्।

Posted by Arghakhanch Online on 10:26 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नाम मिल्दा देवराज हैरान

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com