Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

होसियार, फेसबुकको लत लाग्ला!

काठमाडौँ- झण्डै एक वर्ष अघिको कुरा, कोरियामा अनलाइन गेम धेरै खेल्ने एक परिवारको बच्चाको मृत्यु भयो। प्रहरीले सोधखोज गर्दा थाहा भयो, ती दम्पती अनलाइन गेममा भर्चुअल बेबीलाई यति स्याहार सुसार गर्दारैछन् कि साँच्चैकी छोरीको स्याहारसुसार नै बिर्सेछन्। अनि त भोकले उसको मृत्यु भएको रहेछ। इन्टरनेटको बढी प्रयोग पनि लागूपदार्थको दुर्व्यसन जस्तै हानिकारक हुनसक्ने तथ्यको प्रमाण थियो यो।तर प्रयोग, उपयोग र दुरुपयोग कसरी छुट्याउने? नेपाल जस्तो इन्टरनेट प्रयोग गर्नेहरुको संख्या नै एकदम कम भएको ठाउँमा यस्तो हुनसक्छ? एकपटक यो पनि हेरौँ। 

• केही अघिसम्म लोडसेडिङको बेला परिवारका सदस्यहरु एकै साथ बसेर रमाइला गफ गर्थे, अन्ताक्षरी खेल्थे। अहिले दृश्य फरक छ। मोबाइल टिपेर उनीहरु एउटा कुनातर्फ लाग्छन्। कोही मिगमा च्याट गर्दे मस्त, कोही फेसबुकमा व्यस्त।

• माघको दोस्रो साता दिदीको इन्गेजमेन्ट थियो। सजिसजाउ भएर रवीना पनि उपस्थित थिइन्। तर त्यहाँको रमाइलो वातावरणमा भौतिक रुपमा उपस्थित भए पनि उनी खासमा त्यहाँ थिइनन्। सामसुङ मोबाइलका किप्याड थिच्दैमा उनलाई  फूर्सद थिएन। ह्यापी, सिस गट इन्गेज्ड उनले लेखेकी थिइन् फेसबुकको स्टायटसमा। यसैमा उनका साथीहरु कमेन्ट गर्दै थिए। उनी प्रत्येक कमेन्टको जवाफ फर्काउँदै थिइन्। यो भर्चुअल वर्ल्डमा व्यस्त हुँदा उनले इन्गेजमेन्टमा दिदी र हुनेवाला भिनाजुले औँठी लगाएको पनि हेर्न छुटाइन्। 

अमेरिकामा पहिलो पटक खुलेको इन्टरनेटको लत छुटाउने क्लिनिक रिस्टार्टका कार्यकारी निर्देशक हिलारी क्यास भन्छिन्, इन्टरनेटले ध्यान अर्केतिर मोडिदिने हुनाले मानिसहरुबीच अन्तर्क्रियाको गुणस्तर घट्दै गइरहेको छ। 

क्यासको भनाई हाम्रो समाजमा ठ्याक्कै लागू हुन नसक्ला तर दिदीको इन्गेजमेन्टमा पनि ध्यान फेसबुक मै अल्झाउने रवीना जस्ता पात्रहरु सहरमा धेरै देखिन थालेका छन्। फेसबुकको उपयोग, धेरै प्रयोगबाट यो लतको स्तरमा पुगिसकेको अनुमान लगाउन गार्‍हो छैन। 

दिमागमा पनि पार्छ असर
इन्टरनेटको अत्यधिक प्रयोगका कारण दिमागमा पर्ने असरबारे अनुसन्धानहरु भइरहेका छन्। युनिभर्सिटी अफ मेरिल्यान्डमा गरिएको एउटा अध्ययनले फेसबुकको अत्यधिक प्रयोगले दिमागमा असर पार्ने देखिएको छ। फेसबुक हाम्रो दिमागलाई पुरस्कार दिने किसिमले बनाइएको उनीहरुले पाएका छन्। 

मेरो स्टायटसलाई कसैले लाइक गर्‍यो कि? मलाई कसैले मेसेज पठाएको छ कि? कतिवटा नोटिफिकेसन आएको छ मेरो? मेरो भर्चुअल फार्ममा के भइरहेको होला? यस्तै यस्तै सूची लामा हुन्छन्। यही नै हो दिमागलाई दिइने पुरस्कार। यो पुरस्कार दिने प्रणालीका कारण हामीले केही आशा गरिरहेका हुन्छौँ, त्यही आशालाई पुरस्कार दिँदा शरीरमा डोपामाइन रसायन बन्ने गर्छ। यही आशा र पुरस्कारको चक्रले नै मानिसलाई लत लाग्ने बनाइदिन्छ।
लत लागेकाको दिमाग रक्सीले मातेकाको जस्तै
स्टानफोर्ड युनिभर्सिटीका डाक्टर एलियास आबाउजाडेले त अनुसन्धानमा इन्टरनेट, त्यसमा पनि फेसबुकको लत लागेकाको दिमागले गर्ने क्रियाकलापलाई रक्सीले मातेका मान्छेहरुको दिमागले गर्ने क्रियाकलापसित तुलना गरेका छन्।

दक्षिण कोरिया र जापानले त इन्टरनेटको लत लागेकाहरुलाई सहयोग गर्न क्लिनिकहरुमा लगानी नै गरेको छ। यस्तो व्यवस्था गर्ने विश्वकै पहिला देश हुन् यी।


नहुँदा के हुने रहेछ 

युनिभर्सिटी अफ मेरिल्यान्डका केही विद्यार्थीहरुलाई अनुसन्धानका लागि २४ घण्टा इन्टरनेट, सोसल मिडिया, फोन र म्युजिकबाट वञ्चित गरियो। धेरैलाई मोबाइल फोन नहुँदा धेरै गाह्रो पर्‍यो। लत भन्दा मानिसले लागू औषध वा रक्सीको मात्र बुझ्थे, त्यसरी बस्दा भने उनीहरुले बुझे कुरा। धेरैलाई डिप्रेसनको महसूस भो, एक्लै भाको जस्तो भो, कतिलाई टाउको दुख्यो अनि कतिलाई त फोनको घण्टी बजेको जस्तो लाग्यो।

फेसबुक लत पुनस्थार्पना केन्द्र

लागू पदार्थको लत लागेकाहरुलाई त्यसबाट छुटाउन पुनर्स्थापना केन्द्रहरु खुले जस्तै फेसबुक (इन्टरनेट)को लतबाट छुटाउन पनि पुनर्स्थापना केन्द्र खुलेका छन्। अमेरिकाको राजधानी वासिङटनमा यस्तै एउटा पुनर्स्थापना केन्द्र खुलेको छ रिस्टार्ट। कस्तो उपचार हुन्छ त त्यहाँ? त्यहाँका मनोवैज्ञानिकहरुले ध्यान, हाइकिङ जाने र शारीरिक रुपमा सक्रिय हुने सिकाउँछन्। त्यसैगरी बिरामीहरुको जीवनमा नदेखिएका जीवन जिउने कला पनि सिकाइन्छ।

यो त भयो अमेरिकाको कुरा। तपाइँलाई पनि कहिलेकाहीँ फेसबुकको ज्यादै लत लागेको जस्तो महसूस भएको छ कि? त्यसो भए एक दुई दिन आफै यसबाट अलग हुने प्रयास गरी हेरे उचित। किनभने यहाँ त्यस्तो पुनर्स्थापना केन्द्र छैन। यदि साँच्चिकै इन्टरनेट, मोबाइल र सबै किसिमका सञ्चारका साधनबाट टाढा रहन चाहनु हुन्छ भने १० दिने विपश्यना ध्यान केन्द्रमा जान सक्नुहुन्छ। तर होसियार, नियम सबै बुझेर मात्र जानुस्। नत्र तपाइँलाई गाह्रो पर्न सक्छ। 
(अल जजिराको सहयोगमा)

Posted by Arghakhanch Online on 10:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for होसियार, फेसबुकको लत लाग्ला!

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com