मिनी बस दुर्घटनामा ३२ घाइते
News, राष्ट्रिय समाचार 1:29 AM
फाल्गुन १९
पश्चिम चितवनको गुञ्जनगरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ८५३२ नंको मिनिबस आज बिहान लक्ष्मीपुरमा पल्टिँदा ३२ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक भुपालबहादुर भण्डारीले जानकारी दिनुभयो ।
घाइते यात्रुहरुको भरतपुरस्थित सरकारी र दुई मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।