बन्दका कारण पूर्वको जनजीवन प्रभावित
News, राष्ट्रिय समाचार 1:37 AM
फाल्गुन १९
जातीय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने लगायत विभिन्न ७ सूत्रीय माग राखी ब्राम्हण समाजले आहृवान गरेको बन्दका कारण आज पूर्वाञ्चलका १६ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
समाजले आहृवान गरेको बन्दका कारण पूर्व-पश्चिम र मेची-कोसी राजमार्गका साथै अन्य सहायक मार्गहरुमा पनि यातायातका साधन चलेका छैनन् । आजको बन्दका कारण पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुरलगायतका जिल्लामा बजार-पसल र शिक्षणसंस्था ठप्प छन् ।
ब्राहृमण समाजले जातीय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने, ब्राम्हण समुदायलाइ पनि आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने तथा सरकारी सेवामा आरक्षणको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर बन्द आहृवान गरेको हो ।