Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

रुट बाहिर अवतरण गर्दा बुद्ध एयर दुर्घटनाः प्रतिवेदन

plane-crash-NEPAL

फाल्गुन १९ - प्रचलित रुटको परिधिभन्दा बाहिर गई चालक दलले अवतरणको प्रयास गरेकाले ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छानविन समितिले ठहर गरेको छ ।
शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरलाई प्रतिवेदन दिदै समितिका अध्यक्ष एवं सदस्यहरुले त्रुटिपूर्ण अवतरण विधिलाई नै दुर्घटनाको प्रमुख कारण मानेका छन् ।
'विचक्राफ्ट विमान सामान्यता ६ हजार फिटको उचाईमा उपत्यकाभित्र छिर्नुपर्नेमा मात्रै ५५ सय फिट उचाईमा फरक ठाँउबाट भ्यालीमा छिरेको देखिन्छ' छानविन समितीका संयोजक राजेशराज दलीले भने, 'विमान जमिन पुगेको जनाउ दिने आर्लाम बज्दा समेत सुरक्षा सतर्कता अपनाएको भेटिएन ।'
गत असोज ८ गते माउन्टेन फ्लाईटबाट फर्केको बुद्ध एयरको विचक्रफ्ट दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित १९ जनाको मृत्यु भएको थियो । घटनापछि मन्त्रालयले छानविनका लागि दलीको संयोजकत्वमा चार सदस्यिय समिति गठन गरेको थियो ।
दुर्घटनाको चार सेकेण्डअघि यस्तो आर्लाम बजेको छानविनले देखाएको छ । आर्लामको संकेत अनुसार तत्काल विमानको उचाई बढाएको भए दुर्घटना टर्नसक्ने सम्भावना देखिएको समितीका सदस्य क्याप्टेन श्रवण रिजालले बताए । समितीले चालकदलका सदस्यहरुको थकान र ककपिटमा व्यक्तिगत जीवनसँग सम्बन्धित टिकाटिप्पणी र गैर व्यवसायिक कुराकानीलाई पनि दुर्घटनाको कारण मानेको छ ।
समितीले विमानहरुको नियमित सुरक्षा परिक्षण गर्न र बायुयान जमिन नजिक भएको जनाउ दिने विकसित प्रविधिलाई विमानहरु जडान गर्नपनि मन्त्रालयलाई सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विष्टले समितीको सुझाव कार्यान्वयन गरिने बताए ।  (  इकान्तिपुर बाट )

Posted by Arghakhanch Online on 4:20 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for रुट बाहिर अवतरण गर्दा बुद्ध एयर दुर्घटनाः प्रतिवेदन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com