Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

विदेशी जेलमा रहेका नेपालीलाई स्वदेशी जेलमा सार्ने तयारी

१९ फागुन । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै यस क्षेत्रबाट हुने आर्थिक तथा गैरआर्थिक लाभबाट गरिबी निवारण गर्ने योजनाका साथ सरकारले पहिलोपटक वैदेशिक रोजगार नीति ल्याएको छ ।
वैदेशिक रोगजार ऐन, नियमावली र कार्यविधि यसअघि बने पनि यिनीहरुलाई निर्देशित गर्ने नीति हालै मात्र मन्त्रिपरिषद्ले पारित गरेको हो । नयाँ र तत्काल परिवर्तन गर्ने कुनै पनि कार्यक्रम नभए पनि नीतिले यस क्षेत्रको सुधारमा आवश्यक प्रायः विषय समेटेको छ । नीतिले अन्तर्राष्ट्रिय श्रम बजारको पहिचान गर्ने, नेपाली जनशक्तिलाई देशभित्र र बाहिर प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारको अधिकतम लाभ लिने व्यवस्था गरेको छ । नीतिमा वैदेशिक रोजगारलाई सरल, पारदर्शी भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउने उल्लेख छ ।श्रम बजारमा महिला कामदारका सरोबारलाई सम्बोधन गर्दै समग्र आप्रवासन चक्रमा उनीहरुको अधिकारलाई सुनिश्चत गर्ने व्यवस्था नीतिमा छ । गन्तव्य मुलुकमा द्विपक्षीय श्रम सम्झौता गर्ने, वैदेशिक रोजगारीको प्रबर्द्धनमा नेपाली नियोगलाई परिचलान गर्ने श्रम सहचारीको श्रमता अभिवृद्धी गर्ने व्यवस्था नीतिमा छ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचारमा लेखिएको छ, यस्तै नीतिमा विभिन्न मुलुकका जेलमा रहेका नेपालीलाई स्वदेशी जेलमा बाँकी सजाय काट्ने गरी स्थान्तरणका लागि सम्झौता गर्ने पनि नीतिमा छ ।

Posted by Arghakhanch Online on 10:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for विदेशी जेलमा रहेका नेपालीलाई स्वदेशी जेलमा सार्ने तयारी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com