सबैभन्दा तिखो दाँत कसको होला ?
News, विचित्रसंसार 9:34 PM
पृथ्वीमा भएका जीवहरुमध्ये सबैभन्दा तिखो दाँत कसको होला ? सायद अहिलेसम्म यो प्रश्नको जवाफ मिलेको थिएन ।
तर अन्ततः वैज्ञानिकहरुले पृथ्वीमा जीवको उत्पत्ति भएदेखि विकाश भएका विभिन्न जिवजन्तु मध्ये सबैभन्दा तिखो दाँत फेला पारेका छन् ।यो खोज अनुसार निकै समयपहिले लोप भैसकेको एउटा माछाको दाँत अहिलेसम्मको सबैभन्दा तिखो दाँत हो ।पृथ्वीमा ५० करोड वर्ष पहिले अस्तित्वमा रहेको कोनोडोन्ट वर्गको उक्त माछाको दाँत इतिहासकै सबैभन्दा तिखो दाँतको रुपमा रहेको छ । एक मिलिमिटर मात्र लामो उक्त दाँतको जिवावशेष अन्तराष्ट्रिय वैज्ञानिकहरुको टोलीले हालै जापानमा फेला पारेको हो ।वैज्ञानिकका अनुसार कोनोडन्ट वर्गको माछा पृथ्वीमा उत्पत्ति भएको पहिलो ढाड भएको जनावर हो । उक्त माछामा हुने कैँची जस्ता धारिला दाँतले सिकार गर्नका सघाउ पुराउँथ्यो ।source onlinekhabar