कालिमाटी तरकारी बजार आजबाट सुचारु
News, राष्ट्रिय समाचार 7:22 PM
२२ फागुन, शनिवार रातिको भिषण आगलागीका कारण हिजो दिनभर बन्द रहेको काठमाण्डौको कालीमाटीमा रहेको तरकारी तथा फलफूल बजार आजबाट सुचारु हुँदैछ ।
आगलागिका कारण ध्वस्त भएका भौतिक संरचना पुनर्निमाणका लागि केही समय लाग्ने भएपनि वैकल्पिक व्यवस्था गरी तरकारीको बिक्रि वितरण गर्न लागिएको कालीमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिले जनाएको छ ।
तरकारी तथा फलफुल विक्रिमा समस्या आउने र अभाव हुने त्रास सर्वसाधारणमा फैलिन थालेपछि वैकल्पिक व्यवस्था गर्न लागिएको समितिको भनाइ छ ।
कालीमाटी तरकारी बजारमा शनिबार राति भएको आगलागिमा परि एकै परिवारका चार सहित ६ जनाको मृत्यु हुनुका साथै १० करोड भन्दा बढिको क्षति भएको थियो ।