Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

खुलामञ्चबाट माओवादी र कांग्रेसलाई सत्तोसराप मिलनभन्दा भन्दा गाली सुनेरै रमाए एमाले कार्यकर्ता


२१ फागुन । शान्ति र संविधानको लागि दबाव तथा पार्टीको आन्तरिक एकताको सन्देश दिन भन्दै आइतबार देशभरबाट कार्यकर्तालाई खुलामञ्च बोलाएको एमालेले यो भन्दा बढी गाली पुराण सुनायो । खुलामञ्च र आसपासमा भरिभराउ कार्यकर्ता देखेर उत्साहित भएका एमाले शीर्ष नेताहरुले माओवादी र कांग्रेसले केही गर्न नसकेकोले एमालेले मात्रै देशलाई निकास दिनसक्ने बताए । तर, पहिलेदेखि भन्दै आएको उही मध्यमार्गी धार बाहेक निकास दिने अचुक उपाय के हो भन्ने चाहिं कसैले केही भनेनन् ।
‘माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन सक्दैनन्’ पार्टी अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’माओवादीमा ठूलो दलको अहम रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम छ । तर वास्तवमा लोकतन्त्र बचाउन एमालेबाट मात्र सम्भव छ ।’ तर कसरी भन्ने जवाफ भने खनालसित पनि छैन ।
खनालअघि बोल्ने माधवकुमार नेपाल, केपी शर्मा ओली लगायतका नेताहरुले पनि यसैगरी माओवादी र कांग्रेसलाई गाली गरे । उग्रबामपन्थ र दक्षिणपन्थलाई मिलाएर लैजाने मध्यमार्गी पाटीएमाले नै नभएको भएको दावी गरे । ‘माओवादी युद्धको धङधङीबाट मुक्त हुन सकेको छैन’ बरिष्ठ नेता नेपालले भन्नुभयो-’फेरि युद्ध गर्ने, मान्छे मार्ने भनेर कसलाई धम्की दिएको ? शिविर खाली नगरेसम्म शान्ति प्रकृयाले पूर्णता पाउँदैन ।’ सधैं माओवादीलाई गाली मात्रै गर्ने बानी भएका अर्का नेता ओलीले पनि उसैगरी बचन लगाउनुभयो । माओवादीको उग्रपन्थी बाटोबाट नयाँ नेपाल बन्न नसक्ने भन्दै उहाँले फेरि द्वन्द्व नहुने खालको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । ‘माओवादी नेतृत्वको सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट भएको छ’ ओलीले भन्नुभयो -’उत्ताउला र उग्र व्यवहारले एमालेको संकल्प कमजोर बनाउने सपना नदेखे हुन्छ ।’
माओवादीप्रति केही नरम मानिने पार्टी उपाध्यक्ष बामदेव गौतमले पनि यसपाली माओवादी र सरकारको खोइरो खन्नुभयो । ‘सरकार बाहिर रहँदा भारतसँग युद्ध गर्ने धम्की दिने माओवादीले आफ्नो सरकार बनेपछि भारतलाई नै खुशी पार्ने काम गरेको छ’गौतमले भन्नुभयो -’राज्यको नेतृत्व गर्ने ठाउँमा पुगेर जनबिद्रोहको कुरा गर्ने माओवादीको नेतृत्वमा शान्ति र संविधान सम्भव छैन ।’ महासचिव ईश्वर पोखरेलले पनि हिंसा सहितको माओवादीलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
सबै नेताहरुको भाषणमा माओवादीप्रति धेरै र कांग्रेसप्रति केही कम आक्रोश थियो । अरुलाई सत्तोसराप गर्दै उनीहरुले आफू र आफ्नो पार्टी नै ठीक भएको दावी गरे । पार्टीलाई एक बनाएर लैजाने कुरा कम मात्रै गरे । परिषद बैठकपछि के हुन्छ भन्ने भेऊ पनि कार्यकर्ताले राम्रोसित पाउन सकेनन् । पार्टीको नयाँ कार्ययोजना र विचार भन्दा पनि नेताहरुले माओवादी र कांग्रेसलाई गरेका गाली सुनेर आनन्द मान्दै कार्यकर्ताहरु पनि घरतिर हिंडे ।

कसले के भने

एमालेका लागि खुलामञ्च साँघुरो भोः खनाल
एमालेका अध्यक्ष खनालले एमाले अहिले पनि जनताको मनमा पहिलो पार्टी भएको दावी गर्नु भयो । ‘पार्टीभित्रको एकतापछि एमालेका लागि काठमाडौंको खुलामञ्च साँघुरो हुन थालेको छ’ खनालले भन्नुभयो-’अहिले पनि एमाले जनताको मनमा एमाले पहिलो पार्टी हो भन्ने यो सभाले प्रष्ट पारेको छ ।’ वर्तमान सरकारले गफ धेरै र काम केही पनि नगरेको भन्दै एमाले अध्यक्ष खनालले वर्तमान सरकार जनविरोधी सरकारका रुपमा स्थापित हुँदै गएको आरोप लगाउनु भयो । उहाँले मधेसवादी दलहरुले मधेसका मुद्धालाई नउठाउने गरेको भन्दै उहाँले भन्नुभयो-’कहाकाली नदीको शिर कहाँ पर्छ तपाईहरुलाई थाहा छ ?’
सहज ग्याँस पाउन पनि सरकार फेर्नुपर्छः ओली
उद्घाटन समरोहलाई सम्वोधन गर्दै ओलीले तत्काल सरकार फेर्नु पर्ने बताउनु भयो । ‘अब सहज रुपमा ग्याँस पाउन पनि सररकार फेर्नुपर्छ, मुलुकलाई एकतावद्ध बनाउन र शान्ति प्रक्रियालाई अघि बढाउन पनि सरकार फेर्नुपर्छ’ उहाँले भन्नुभयो-’एक दिन पनि सरकारको औचित्य छैन ।’ एमाले नेता ओलीले माओवादीले जनयुद्धको नाममा फाइदाको व्यापार गरेको बताउनु भयो । उहाँले खाली खुट्टा लिएर जंगल पसेका माओवादी नेताहरु १० वर्षको जनयुद्धपछि र्फकदा महल र टावरहरु लिएर आएको टिप्पणी गर्नुभयो । कोही १० वर्ष काम गर्यो भने उसले छोराछोरीलाई साईकल पनि किन्न सक्दैन’ एमाले नेता ओलीले भन्नुभयो-’माओवादी नेताहरु टावर निर्माण गर्ने, पजेरोको सयर गर्ने हाकिम र नमस्ते गर्दा पनि नदेख्ने कामरेड भएका छन् ।’
माओवादीले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक विथोल्न खोजेको उहाँले आरोप लगाउनु भयो । ‘आफूलाई क्रान्तिकारी भन्ने माओवादीले विभिन्न बाहानामा सभालाई विथोल्न खोजेको छ, कसैलाई कार्यक्रममा नजाउ भनेको छ, कसैलाई गए खुट्टा भाच्छु भनेको छ’ उहाँले भन्नुभयो-’यस्ता उत्ताउला र उछि्रङखल काम गरेर एमालेलाई रोक्छु भन्ने सोचेको छ भने त्यो दिवासोप्ना मात्र हुनेछ । उत्ताउला र उछि्रङखल काम गरेर एमालेको पक्षमा आएको जनउवारलाई रोक्न नसक्ने भन्दै उहाँले भन्नुभयो-’ माओवादीले उत्ताउलो र उग्रव्यवहार मच्चाउँदै गएको छ । बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा गनै सक्दैन ।’
परिर्वतनको जिम्मेबारी माओवादीलाई दिन सकिन्नः गौतम
यस्तै उपाध्यक्ष वामदेव गौतमले परिर्वतनको जिम्मेबारी माओवादीलाई दिन नसकिने बताउनु भयो । चार वर्षसम्म सहकार्य गर्दा पनि माओवादीले हिंसा र विद्रोह नत्यागेको भन्दै गौतमले भन्नुभयो-’अब परिर्वतनको जिम्मेबारी माओवादीलाइए दिन सकिँदैन । नयाँ नेपाल बनाउन यो पार्टीबाट सम्भव छैन ।’ दुई दुई पटकसम्म मुलुकको नेतृत्व गरिसक्दा पनि माओवादीले विद्रोहको धम्की दिन नछाडेको भन्दै उहाँले अब विद्रोह के का लागि भन्ने पश्न गर्नुभयो । उहाँले भन्नुभयो-’आजपनि माओवादी हत्या हिंसा र बकालत गरिहेको छ, अब कसको विरुद्धमा जनविद्रोह ? राजतन्त्र अन्त्य भइसक्यो, अब जनविद्रोह कसका विरुद्ध ?’
सरकार बाहिर रहँदा भारततिर बन्दुक तर्‍र्याउने र सरकारमा गएपछि सबै थोक गरिदिने गरेको भन्दै भन्दै उहाँले वर्तमान सरकारलाई किसानमानाको संज्ञा दिनुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी टिकाइराख्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका अगाडी घुँडा टेकेको भन्दै गौतेमले भन्नुभयो-’यो सरकार जतिदिन बढी बस्छ, मुलुक खाल्डोमा पर्छ ।’ मधेसी मोर्चा मधेसी जनताका लागि नभई भ्रष्टाचार गर्न सरकारमा गएको भन्दै उहाँले भ्रष्टाचार गर्न नपाउँदा मुलुक टुक्राउने धम्की दिने गरेको बताउनु भयो ।
सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन सक्दैनः पोखरेल
यसैगरी एमाले महासचिव इश्वर पोखरेलले नेपाली सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन नसक्ने बताउनु भयो । जनयुद्ध लडेको नाममा सेनामा हिस्सादारी खोजे स्वीकार्य नहुने उहाँको भनाई छ । ‘नेपाली सेनाको जर्नेल, कर्नेलमा भागबण्डा हुन सक्दैन’ उहाँले भन्नुभयो-’समायोजनमा जाने हो भने मापदण्ड पूरा गरेर आउ, तर हिजो जनयुद्ध लडेका नाममा हिस्सेदारी चाहिन्छ भन्ने हो भने त्यो एमालेलाई किमार्थ मान्य हुने छैन ।’ उहाँले हिंसासहितको माओवादीसँग सहकार्य गर्न नसकिने भन्दै हिंसा त्यागेर आउन आग्रह गर्नुभयो ।
एमाले महासचिव पोखरेलले परिवर्तनलाई स्वीकार गरेको कांग्रेस र हिंसा त्यागेको माओवादीसँग मात्र सहकार्य गर्न सकिने बताउनु भयो ।

Posted by Arghakhanch Online on 11:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for खुलामञ्चबाट माओवादी र कांग्रेसलाई सत्तोसराप मिलनभन्दा भन्दा गाली सुनेरै रमाए एमाले कार्यकर्ता

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com