लुम्बिनी भ्रमण वर्षको कार्यालय बेइजिङमा
News, राष्ट्रिय समाचार 11:33 AM

२१ फागुन । भिजिट लुम्बिनी इयर-२०१२ (चाइना) प्रोमोसन अफिसको नाममा चीनको बेइजिङमा लुम्बिनी भ्रमण वर्षको कार्यालय स्थापना गरिएको छ । युन्जुटेम्पल च्यारिटी फाउन्डेसनद्वारा उपलब्ध गराइएको उक्त कार्यालय उद्घाटन कार्यक्रममा नेपालका संस्कृतिमन्त्री, चिनियाँ राज्य परिषद् कार्यालयका एक अधिकारी, लुम्बिनी विकास कोषका उपाध्यक्ष र चीनस्थित नेपाल राजदूतको सहभागिता थियो ।
एक विश्व शक्ति चीनको राजधानी बेइजिङमा स्थापित लुम्बिनी भ्रमण वर्षको कार्यालय व्यवस्थापनबाट नेपाल-चीनबीच सांस्कृतिक सम्बन्ध अझ व्यापक बन्ने, चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुने र लुम्बिनी र नेपालको आर्थिक विकासमा योगदान बढ्ने अपेक्षा लुम्बिनी भ्रमण वर्ष २०१२ को राष्ट्रिय सचिवालयले गरेको छ ।चीनका उद्योगीव्यवसायीसँगको छलफलमा बेइजिङ-काठमाडौँ-बेइजिङ सिधा हवाइजहाज उडान व्यवस्थाबारे चासो राखिएको र आगामी बुद्ध पूणिर्माका दिन त्यहाँस्थित सांस्कृतिकसभा र २०१२ को अन्यतिर नेपाली महोत्सव आयोजना सम्बन्धमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, जापान तथा अमेरिकाको मुख्य सहरमा लुम्बिनी भ्रमण वर्ष २०१२ को कार्यालय स्थापना गर्न पहल भइरहेको बताइएको छ