प्रचण्ड र भटराइ विरुद्ध वैद्यको भण्डाफोर
News, राष्ट्रिय समाचार 8:49 PM
३० फागुन, एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरले पार्टी र सरकारको नेतृत्वविरुद्ध देशव्यापी रुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । राजधानीमा दुइ दिनसम्म चलेको वैद्य पक्षधर केन्द्रीइ समितिको गोप्य बैठकले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डाक्टर बाबुराम भटराइ विरुद्ध देशव्यापी भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो ।
वैद्य पक्षले सो अभियानलाई राष्ट्रिय स्वाधीनताको पक्षमा जनमत संकलन र राष्ट्रघाती नेतृत्वविरुद्ध खबरदारीको संज्ञा दिएको छ । केन्द्रीय समितिबाटै स्वाधिनताको कार्यक्रम गर्ने निर्णय भएपनि भटराइ र प्रचण्डले तुहाएकाले आफुहरु भण्डाफोर अभियानमा जानुपरेको वैद्य निकट केन्द्रीय सदस्य भरत बमले बताएका छन् ।
स्वाधिनताको कार्यक्रम अन्तरगत सीमा मिचिएको, सांस्कृतिक हस्तक्षेप लगायतका विषयमा जागरण गर्दै नेतृत्वको शैलीलाई भण्डाफोर गरिनेछ । वैद्य पक्षले भटराइ सरकार राष्ट्रघाती र भ्रष्टाचारी रहेको भन्दै पुनः राजिनामा माग गरेको आजको राजधानी दैनिकले छापेको छ । ।