सम्झनाको दियो बाल्छु माया प्रेम को नाममा
News, साहित्य 3:34 AM
सम्झनाको दियो बाल्छु माया प्रेम को नाममा
ठुलो धोखा मिल्यो साथी पिरती को नाममा
चोखो माया लगाएको थिए विश्वास घात भयो
जिन्दगीको सपना मेरो चक्ना-चुर भयो
माया गर्छु तिमीलाई भनिन स्वीकार मैले गरे
जीवनको हर मोडमा उन्को विश्वास मैले गरे
माया प्रेम को नाममा मलाई लाग्यो ठुलो चोट
बुझ्न् मैले सकेनछु रहेछ उन्को मन्मा खोट
लुटि गइन उनी मलाई विश्वास घात गरी
माया मेरो पवित्र थियो बसेको थिए भर परि
पिरती को नाममा मेरो साथी हिर्दय नै जल्यो
हिउ बनी बसेको माया आज आगो बन्यो
माया गर्दथे साँचो मैले तिमीलाई हिर्दयमा राखी
लुटि गयौ तिमी मलाई माया प्रेमको भावनालाई त्यागी
मेरो जिन्दगी सँग खेल्वाड गर्न तिमी माया किन लायौ
मेरो सोझो पनको फाईदा उठाइ तिमी अर्कै सँग गयौ
माया मेरो पवित्र थियो खेल्वाड गर्न सकिन तिम्रो इज्जत सँग
मनमा बसाइ राखेका भावना हरुलाई गरिदियौ तिमीले भंग
आशका किरण जगाइकन किन आयौ जिन्दगी मा तिमी मेरो
मैले प्रण गरेको थिए तोड्ने छैन जिन्दगीमा बन्धन को घेरो
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल