Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बुद्धको काठमाडौं-बनारस उडान सुरु

काठमाडौं, फागुन १८  निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले बिहीबारबाट काठमाडौं-बनारस उडान सुरु गरेको छ।
कम्पनीले प्रतियात्रु न्युनतम ५ हजार ३१ रुपैयाँमा काठमाडौंबाट भारतको धार्मिक गन्तव्य बनारस उडान सञ्चालन गरेको हो। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य भएको छ। यो भाडा दरमा काठमाडौंबाट बनारससम्म ५० मिनेट उडान गर्न पाइन्छ। विदेशीलाई भने प्रतियात्रु १२ हजार रुपैयाँ लाग्छ।
उडान सुरुवातबारे जानकारी दिन कम्पनीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले काठमाडौं-बनारस सेक्टरमा बुद्धले सस्तो र गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे। उनले एयर स्पेस र रुटसम्बन्धी समस्या छिमेकी देशका सहयोगमा चाँडै समाधान गर्न सरकार गम्भीर रहेको बताए।
बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखराबाट भारतको लखनऊ उडानउने तयारी भइरहेको जानकारी दिए। पोखरा विमानस्थलमा आवश्यक पूर्वाधार तयार हुनासाथ उडान सञ्चालन गर्ने उनले बताए।
कम्पनीका अनुसार बनारसमा स्वेदश तथा विदेशका दैनिक ३० हजार पर्यटक आउने तथ्यांक भएकाले तिनलाई नेपाल ल्याउने लक्ष्य लिइएको छ। त्यसका लागि बुद्ध र विभिन्न ट्राभल कम्पनीसँगको सहकार्यमा 'भ्रमण प्याकेज' तयार पारिएको छ।
कम्पनीले गत पुस १७ बाट बनारसका लागि टिकट बुकिङ सुरु गरेको थियो। काठमाडौंबाट राम्रो बुकिङ भइरहेको र प्रतिक्रिया पनि राम्रै आइरहेको कम्पनीले जनाएको छ। नेपाली, भारतीय र भारत हुँदै नेपाल आउने पर्यटकलाई लक्ष्य गर्दै बनारस उडान गरिएको हो।
कम्पनीका अनुसार साताका चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार एक-एक उडान गर्ने तालिका बनाइएको छ। कम्पनीले यो सेक्टरमा दैनिक एक उडान गर्ने अनुमति पाएको छ। काठमाडौंबाट बनारस उडान दिउँसो ३ बजे हुनेछ। जाँदा ५० मिनेट लाग्छ। उताको स्थानीय समय सवा ४ मा पुग्छ। आधा घन्टादेखि ४५ मिनेट उतै बसेपछि फर्किने तालिका बनाइएको छ।
बुद्धले बनारसका लागि हाल ४७ सिट क्षमताको एटिआर-४२ जहाज प्रयोग गरेको छ। पछि यात्रु संख्या र बजार विस्तारअनुसार ७२ सिटे जहाज पनि प्रयोग गर्ने उसको योजना छ। आगामी साउन १७ देखि दैनिक एक उडान गर्ने योजना उसको छ।
अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्नेक्रममा स्थापनाको १३ वर्षपछि बुद्धले बनारस उडान गरेको हो। कम्पनीले यसअघि भुटानको पारो र भारतकै लखनऊ उडान गरेको थियो। नेपालबाट २ घन्टा ३० मिनेट दुरीमा पर्ने सम्पूर्ण गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ।
कोलकाता उडान भदौमा
यसै गरी बुद्धले आगामी भदौ दोस्रो सातादेखि असोज दोस्रो साताभित्र भारतको कोलाकाता उडान गर्ने तयारी पनि गरेको छ। अर्को एटिआर-७२ जहाज ल्याएर कोलकाता उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

Posted by Arghakhanch Online on 1:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बुद्धको काठमाडौं-बनारस उडान सुरु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com