Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सेक्स फ्री, बाँकी बकवास !

रिलिज हुनुभन्दा पहिले नै बोल्ड फिल्मका रूपमा चर्चाको शिखरमा रहेको 'चपली हाइट'की विनीसँगको अन्तर्वार्ता...यो नौलो प्रयोगका लागिसंवाददाता स्वरूप आचार्यलाई तताउँदै हुनुहुन्थ्यो शुक्रबार सम्पादक। स्वरुपका लागि कहिले नगरेको यो काम रमाइलो र चुनौतीको संगम थियो। प्रस्ताव गर्ने बित्तिकै शुक्रवार सम्पादकसँग उनले भनेका थिए, तपाईँले मलाई भुमरताउलोमा पार्नु भएको छ।
'कतै प्रश्न पात्रमा केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भयो भने?' अन्तर्वार्ता लिइसकेपछि स्वरूपले बताए, 'मेरो चिन्ता त्यति मात्रै थियो। नायिकासँगको मेरो चिनजान नयाँ नभएपनि पात्रलाई मैले अक्षरमा मात्र चिनेको थिएँ। कुनैपनि पात्रलाई अक्षरमा चिन्नु र त्यो पात्रसंग वास्तविक अन्तर्वार्ता गर्नु ठूलै चुनौती हुँदो रहेछ।' 
....
'तैंले बिर्सेको त छैनस् नि? अर्को साताका लागि विनीसँग तैँले आजै अन्तर्वार्ता लिनु छ।' सम्पादकको रिमाइन्डरले मलाई झस्कायो। म घरेलु वातावरणमा यस्तो हराएको थिएँ कि, मैले तीन बजेको पत्तो नै पाइनँ। म त्यो रमाइलो छाडेर अन्तर्वार्ता स्थल पुगुन्जेल आफूलाई समेट्दै थिएँ। विनीसँग मेरो भेट कुपन्डोलमा सेट भएको थियो। विनी आफ्नो सम्पूर्ण व्यक्तिगत छविलाई बिसाएर मलाई पर्खिरहेकी थिई।
उसलाई मैले ग्रिट गरेँ, 'के छ विनिता? सन्चै छ्यौ?'उसको जवाफले मेरो पैताला मुनिको जमिन हल्लियो, 'माइ डियर, तिमीले पिएका छौ कि क्या हो? म विनिता होइन, विनी हुँ। एस्, विनी फ्रम पोखरा।'

एकछिन त म अलमल्लमा परेँ, 'के भन्छे यो केटी? मैले त पिएको छैन। तर, यसले पो चढाएर आई कि?' तर, गलत त म हुँ। मैले आफूलाई सम्हालेँ, 'म नायिका विनिता बरालसँग होइन, फिल्मको पात्र विनीसँग पो अन्तर्वार्ता गर्दैछु!'
मैले जवाफ फर्काएँ, 'सरी डियर, मलाई साँच्चिकै भ्रम परेछ। तर, विनिता पनि त ठ्याक्कै तिमी जस्तै देखिन्छे।'
उसले मस्त हाँस्दै भनी, 'म विनिता जस्तो हुनै सक्दिन, बरु विनिता म जस्ती हुन सक्छे! के भयो तिमीलाई? जसलाई पनि विनिता मात्र देख्न थालेछौ। ऊ सँग लभ परेको छ कि के हो?'
'होइन, कहाँ त्यो विनिताजस्ती अनुहार न दनुवारकी केटीसँग लभ पर्नु। मलाई अपिल नै गर्दैन उसको व्यक्तिŒवले,' मैले झट्का दिने प्रयास गरेँ।
विनी दह्री रहिछ। उसले भनी, 'विनीले स्योर अपील गर्छे। उ वोल्ड छे। व्यूटिफूल छे।'
विनी पोखरेल, पोखराकी ठिटी हो। उसको बाबु नेपाल प्रहरीका डिआइजी छन्। आमा पढेलेखेकी हाउसवाइफ। घर 'श्री' सम्पन्न छ। त्यसैले होला, ऊ यति बिन्दास र निस्पि्कक्री पारामा मसँग गफिँदै थिई। उसको डिआइजी बाबु समाज र सुरक्षाका सबै पक्षको खबर राख्छन्। तर, उनलाई आफ्नै छोरीको चर्तिकला थाहा छैन। ऊ कहिले साथीकहाँ कम्बाइन स्टडीको बहानामा रात ब्वाइफ्रेन्डसँग बिताउँछे, त कहिले प्रोजेक्ट वर्क भनेर दुईचार दिन घरबाटै गायब हुन्छे। सात पेग भन्दा कम टकिलाले उसलाई छुँदै छुन्न। उसलाई टिप्सी नभएसम्म लभ मेकिंगमा पनि रुचि हुँदैन।
एडभेन्चर मन पर्छ उसलाई। एघार पढ्दा-पढ्दै पोखराबाट आफ्नो ब्वाइफ्रेन्ड आमीरसँग भागेर काठमाडौँ आउनुलाई नै जिन्दगीको सबैभन्दा ठूलो एडभेन्चर ठानेकी छ उसले। उनीहरू अहिले आमीरको सबै भन्दा मिल्ने साथी राजको घरमा शरण लिएर बसेका छन्। राजका आमाबुबा विदेशमा छन्। त्यसैले विनी र आमिरलाई राजको घरमा बस्न कुनै समस्या रहेनछ...
मलाई विनी बारे थप जान्ने कौतुहलता जागेर आयो। मैले प्रश्न गरेँ, 'तिमी भागेर काठमाडौँ त आयौ। तिम्रो डिआइजी बुवाले धुनचक्र खोज्दै होलान्। पुलिसको चक्करमा परिएला भनेर डर लाग्दैन?'
'म संग सिम र फोन दुवै छैन। राजको घरपनि चपली हाइटको कुनामा छ। हामीलाई कसैले भेट्न सक्दैन यहाँ। के को चिन्ता?' उसले जवाफ दिइ र खिलखिलाएर हाँस्न थाली।
'अनि दिनहरू कसरी बित्दै छन् त?' मैले कौतुहलता पोखेँ।
'के हुनु? पार्टी, पार्टी एन्ड मोर पार्टी।' उसले जवाफ दिई।
उसको एटिट्युडका कारण मलाई कुरा गर्न रमाइलो लागि रहेको थियो, 'पार्टी मात्रै?'
मस्किँदै उसले भनी, 'पार्टी भनेको त फन प्याकेज हो। त्योसँग सबै चिज आउँछ। म पार्टी भन्ने शब्दसंग मोहित छु। 'दारु, डान्स र सेक्स! वाह!'
विनी म सँग खुल्दै थिई। उसको 'ओपन हार्टेड' उत्तरले मलाई प्रश्न गर्न सहज भइरहेको थियो, 'तिम्रो लागि फन भनेको दारु, डान्स र सेक्स मात्रै हो हगि?'
कुनै विषयको परीक्षा दिँदा, आफूले घोकेर कन्ठ पारेको पाठको उत्तर लेख्न जति सजिलो हुन्छ त्यति नै सजिलो लागेको थियो उसलाई मेरो प्रश्न। 'फन अरुको लागि के हो, मलाई के मतलव? मेरो व्याख्या यही हो। मेरो लागि त्यो नै काफी छ,' उ अलिकति आक्रोशित भइ।
'क्लब गएर, रक्सी पिएर र जो पायो त्यो संग सुतेर मात्रै जिन्दगीको सबै मज्जा लिन सकिन्छ त?'
'मैले त लिइरहेकी छु। नाउ आई ह्याभ टु ब्वाइफ्रेन्ड। म यी दुवैसँग रमाइलो गरिरहेकी छु।'
'त्यसो भए दुईजना केटाहरूबीच 'स्यान्डविच' हुनु नै तिम्रो लागि फन हो?'
'हो! कसलाई के थाहा? भोलि तीन पनि हुन सक्छ' उ खुलेर हाँसी।
०००
विनी मैले संगत गरेका धेरै केटी भन्दा अलग थिई। न उसलाई डिआइजी बाबुको पावरको डर थियो, न समाजको। उ केबल आफ्नो जीवनलाई रमाइलोसँग बिताउन चाहन्थी। रमाइलोको उसको परिभाषा रक्सी र सेक्स मात्र भएको छ। ऊ अहिले दुई केटासँग एकै हिसाबले इन्भल्भ भएकी छ। उसलाई यसमा कुनै ग्लानी छैन। ऊ दुवैलाई समान रूपले प्रेम गरिरहेको बताउँछे। राज र आमिरलाई पनि यो कुरा थाहा छ। यसले उनीहरूबीचको सम्बन्धमा केही फरक पारेको छैन।
विनीप्रति सहानुभुति बढ्दै गइरहेको थियो। त्यो सँगसँगै मेरो कौतुहलता पनि बढेको थियो, 'तिमीलाई साँच्चै आफ्नो बाबु-आमा, परिवार, समाज कसैको मतलब छैन त?'
उ एक्कासी झोक्किई, 'तिमी किन यति साह्रो कम्प्लिकेटेड भएको? यो सबै सोच्ने मेरो उमेर नै भएको छैन। आई एम जस्ट टू यङ! अहिले यी कुरा बकवास हुन्।'
मैले सोधें, 'तिमी आफैँ यङ छु भन्छ्यौ, तिम्रो लागि लभ भनेको के हो?'
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले जवाफ फर्काई, 'मेरो लागि प्रेम भनेको कसैबाट शारीरिक र मानसिक सन्तुष्टिको खोजी हो।'
'तिमी कसरी एकै चोटी दुई जनालाई प्रेम गर्न सक्छ्यौ?'
'मैले वास्तवमा प्रेम त आमीरलाई मात्र गरेकी हुँ। संगै बस्दा राज पनि मप्रति आकर्षित भयो। ऊसँग पनि तन मिल्यो। त्यसपछि, नो लुकिङ ब्याक।' उसले उत्तेजित माहोललाई शान्त बनाउने प्रयत्न गर्दै उत्तर दिई, 'इट्स रियल कम्प्लिकेटेड! उनीहरू दुवैजना मलाई प्रेम गर्छन्। म पनि प्रेम गर्छु। दुवै जनाले मलाई बेडमा पनि सन्तुष्टि दिन्छन्। त्यो हामी सबैको आवश्यकता हो। कसैसँग सन्तुष्ट हुनु पनि त प्रेम हो नि!'
'त्यसो भए वेश्या र तिमीबीच के भिन्नता छ त?'
ऊ अलिकति पनि विचलित भइन, 'किन छैन भिन्नता? म उनीहरूसँग पैसाको लागि सुतेकी हूँ र? म उनीहरूलाई प्रेम गर्छु।'
विनीलाई कति चिमट्नु। मैले प्रश्न मोडेँ, 'तिमी क-कसलाई प्रेम गर्छ्यौ?'
उसले जवाफ दिई, 'म आफूलाई मात्रै प्रेम गर्छु। आफू बाहेक कसैलाई पनि गर्दिनँ।'
'त्यसोभए आफूलाई मन पराउने कुनै पनि केटाहरूसँग विनी सुत्न तयार हुन्छे होइन?'
विनीको रिसको पारा बढ्दै थियो। उ म संग रिसाउँदै पनि थिइ, उत्तेजित पनि तुल्याउँदै थिइ र सिड्युसगर्न पनि खोज्दै थिई। मलाई त्यही भान भइरहेको थियो।
'प्रेम हुन त्यति सजिलो छैन। केही समय सँगै बिताउनु पर्छ। एकअर्कालाई चिन्नु जरुरी छ। जसरी अहिले हामी एकअर्कासँग कुरा गरिरहेका छौँ, आई क्यान फल ईन लभ विथ यु। तिम्रो ओछयान तताएर मलाई कुनै अफसोस हुँदैन।'
मलाई यो केटीको एटिट्युड र बोल्डनेसले वास्तवमै आकर्षित गरिरहेको थियो। तर, ऊ मेरो लागि त अन्तर्वार्ताको पात्रमात्र थिइ। सेक्स मेरो चासोमा कतै थिएन।
ऊ पछाडि हट्ने मुडमा थिइन। उसले कुटिल हाँसो हाँस्दै भनि, 'म तिम्रो विचार परिवर्तन गरिदिन सक्छु।'
प्रश्नको सिलसिला तन्किन खोज्दै थियो। त्यसैले म यो संवाद टुंग्याउने तर्फ लागेँँँँ, 'सेक्स गर्दा-गर्दै प्रेग्नेन्ट भयौ भने?'
ऊ फेरी मस्तसँग हाँसी, 'हामी प्रोटेक्सन युज गर्छौँ।'
मैले भने, 'रबरको के भर? फुटन पनि सक्छ।'
उसले भनी, 'अरू धेरै उपाय छन् नि!'
मैले जिद्दी गरेँ, 'यौन रोग लाग्यो भने नि?'
सहज उत्तर आयो, 'सेक्स गको आनन्दलिनेले पहिले त्यो आनन्द लिन्छ। यति धेरै कुरा सोच्दैन डियर।'
विनी अचम्मकी केटी रहिछ। यस्ती फ्रयांक केटीसँग म सायदै फेरी अन्तर्वार्ता लिन पाउँछु होला?'
मलाई खुशी लागेको थियो विनीको अन्तर्वार्ता लिने अवसर पाएकोमा।

Posted by Arghakhanch Online on 1:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सेक्स फ्री, बाँकी बकवास !

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com