Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ठूलो मात्रामा हतियार लिएर फरार भएका प्रहरी जवानलाई सप्तरीमा पक्राउ

फाल्गुन १९, राजविराज, सगरमाथा - सशस्त्र प्रहरी बलमा कार्यरत रहँदा ठूलो मात्रामा हतियार लिएर फरार भएका एक प्रहरी जवानलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
राजविराजबाट ना४ख ३४९ नं. को न्यु आयुष बसमा काठमाडौं जाँदै गरेका सप्तरीको फर्सेठ�३ का श्यामनारायण यादवलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले हिजोराति सप्तरीको कुशहास्थित कडरबोनाबाट यादवसहित सरकारसँग वार्ताका लागि जाँदै गरेका अखिल तराई मुक्ति मोर्चा (अजित समूह) का अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका अजितले नेतृत्व गरेको मोर्चाका अध्यक्ष अजित भन्ने अजय यादव, हरेराम यादव र सुनिल यादवलाई आजै रिहा गरिएको छ ।
एसएलआर राइफल नाल दुई थान, सोमा लाग्ने गोली ५० राउन्ड र दुई थान म्याग्जिनसमेत साथ लिई पाँच वर्ष अघि फरार भएका यादव त्यसपछि सशस्त्र समूहमा संलग्न भएका थिए ।
नियन्त्रणमा रहेका श्यामनारायण यादवले हतियार अजितलाई दिएको स्विकारेका छन् । भगौडा यादवलाई सङ्गठनप्रति गरेको गैरकानुनी तथा कडा अपराधसम्बन्धी कसुर अपराध गरेको देखिएकाले आवश्यक कारबाहीका लागि बिहीबारै सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।
वार्ताको बहाना बनाई भगौडालाई चोख्याउने योजना बनाइरहेको बेला सुराकीका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ ।
�रासस

Posted by Arghakhanch Online on 1:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ठूलो मात्रामा हतियार लिएर फरार भएका प्रहरी जवानलाई सप्तरीमा पक्राउ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com