तलब थाप्न मात्र संविधानसभा जान्छन् सभासद्
News, राष्ट्रिय समाचार 7:20 PM
१९ फागुन । एकीकृत नेकपा माओवादीका सभासद् गुणाखर बस्याल संविधानसभाको कुनै पनि बैठकमा सहभागी हुँदैनन् ।
व्यवस्थापिका संसदको हैसियतमा बस्ने बैठकमा र समितिमा उनी लामो समयदेखि उपस्थित छैनन् । तर, तलबी भौचरमा भने बस्याल एक दिन पनि अनुपश्थित देखिँदैनन् । सभासद् बस्याल प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सभासदहरुको संसदमा उपस्थित हुने क्रम निकै घट्दै गएको छ । तर, अधिकांक सभासदले चैतसम्मको पारिश्रमिक भने बुझिसकेको संसद सचिवालयको तलबी शाखास्थित तलबी भौचरले देखाएको छ । गत १४ जेठपछि एकाएक हराएका माओवादी सभासद बस्यालले पनि चैतसम्मको तलब बुझिसकेको पाइएको छ ।
मधेसी जनअधिकार फोरम नेपालका जयराम यादव, फोरम लोकतान्त्रिकका सञ्जय साह, तमलोपाका गोविन्द चौधरी पनि सदनमा अुनपश्थित भएर तलब बुझ्ने सभासद् हुन् । संसद सचिवलायको हारिजी पुस्तिकामा फोरमका यादव साउनदेखि र लोकतान्त्रिकका साह तथा तमलोपाका चौधरी भदौदेखि कात्तिकसम्म अनुपश्थित थिए । यस्तै मंसिर र पुसमा माओवादीका पूर्ण राजवंशी, श्रमणेन्द्र आनन्द, काँग्रेसका महेन्द्रध्वज जिसी र मधेसी जनअधिकार फोरम नेपालकी रम्भादेवी अनुपस्थित थिए । आजको राजधानी दैनिकले छापेको समाचारमा लेखिएको छ ।