के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 7:22 PM
आज मिति २०६८ साल फागुन १९ गते शुक्रबार । पूर्वराजा ज्ञानेन्द्र शाहको समाचारलाई सबैजसो दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् । यस्तै लुम्विनी सगरमाथा शान्तियात्राको उद्घाटन कार्यक्रमको समाचारलाई पनि सबैजसो पत्रपत्रिकाले समेटेका छन् ।
कान्तिपुर दैनिकले लडाकूको दर्जाबारे सहमति जुटेन र्शीषकमा प्रमुख समाचार छापेको छ । नागरिक दैनिकले जग्गा धितो राख्न काठमाडौं ल्याइएका गरिवहरुको बिस्फोटमा मारिदाको बयानलाई प्रमुख समाचार बनाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले घुसमा राज्यमन्त्रीका पिए पक्राउ प्रकरण ‘खवर पाए भोज गर्छन रारा पीडितले’र्शीषमा समाचार छापेको छ । यस्तै कारोबार दैनिकले भारतबाट आएका समान सीमापारि रोकिए र्शीषकमा प्रमुख समाचार छापेको छ ।