शान्ति र संविधानपछि स्थानीय निर्वाचनः मन्त्री रायमाझी
News, राष्ट्रिय समाचार 8:22 PM
फागुन २७ स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ गते भित्र शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याई नयाँ संविधान निर्माणमा सरकार लागिपरेकोले सो अवधिसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनु भएको छ ।
कास्कीको २० औं जिल्ला परिषद्को आज यहाँ उद्घाटन गर्दै मन्त्री रायमाझीले नयाँ संविधान निर्माण भएपछि संविधानको संरचना अनुसार निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।
शान्ति र संविधानको विकल्प नभएकोले सबै राजनैतिक दलहरु यसलाई टुङ्गोमा पु¥याउन लागेको बताउँदै विधि र प्रक्रिया नपु¥याई गठन गरिएकोले स्थानीय निकायमा बनेका संयन्त्र खारेज गरिएको विचार व्यक्त गर्नुभयो ।
देशमा राजनैतिक स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेमा जोड दिँदै उहाँले जेठ १४ गते भित्र शान्ति र संविधानले पूर्णता पाएन भने देश विखण्डन, साम्प्रदायिक र अराजकतातर्पm जाने बताउनुभयो ।
सभापतिको आसनबाट स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले आ.व. ०६९÷०७० को लागि रु .चार अर्व २७ करोड २ लाख ५३ हजार ९६० को बजेट पेस गर्नुभयो ।