के छापियो शनिवारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 8:15 PM
आज मिति २०६८ साल फागुन २७ गते शनिवार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले सनिवारीय परिष्टाङ्कसहित फिचर समाचारलाई प्राथमिकता दिएका छन् ।
अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकले प्रचण्ड र बाबुरामसहित ३ सय ६७ जनाबिरुद्ध लागेको मुद्दा सरकारले फिर्ता लिएको र यसमध्ये लमजुङका मुक्तिनाथ अधिकारीका हत्यारालाई पनि उन्मुक्ति दिइएको समाचार छापेका छन् । नागरिक र कान्तिपुर दैनिकले पश्चिम सेती रोक्न संसदीय समितिले निर्देशन दिएको समाचार छापेका छन् ।
कान्तिपुर दैनिकले नै गुप्तचरलाई १९ करोडको सामाग्री किन्ने तयारी भएको, माओवादीले लडाकूलाई कर्णेल र कार्यकारी प्रधानमन्त्रीलाई बटमलाईन बनाएको समाचार छापेको छ ।