Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रेममा हुने तनावलाई कसरी हटाउने ?



मान्छेमा तनाव हुनु सामान्य कुरा हो । दैनिक जिवनका विभिन्न घटनाक्रम तथा परिस्थितिले मानिसमा तनावको सिर्जना गर्छन् । यस्ता तनावको सही व्यवस्थापन गर्न सकिएन वा तनावको कारण पत्ता लगाएर त्यसको समाधान गर्न सकिएन भने त्यसले नराम्रो अवस्थाको सिर्जना गर्नसक्छ ।
सामान्य जिवनमा विभिन्न कुराहरुले तनाव सिर्जना गर्ने भएपनि किशोर किशोरी र युवायुवतीमा प्रेमसम्बन्धको विषयमा आउने उतारचढावले सबैभन्दा बढि तनाव सिर्जना गर्छ ।
अपरिपक्व उमेरमा हुने यस्तो तनावको सही व्यवस्थापन हुन सकेन भने काँचो दिमागले खतरनाक बाटो पनि रोज्नसक्छ त्यसैले प्रेम सम्बन्धमा आउने तनावलाई कम गर्न निम्न उपाय अपनाउनुपर्छ ः
१. प्रेम सम्बन्धको विश्लेषण गर्नुपर्छ । सम्बन्धमा किन तिक्तता आयो ? वा के कारणले गर्दा तनाव भयो भन्ने कुराको चुरोमा जानुपर्छ । एक अर्कालाई दोषारोपण गर्नुको साटो सामूहिक हिसावले समस्याको समाधान गर्नु आवश्यक छ ।
२. एकअर्काको कुरा राम्ररी सुन्नुपर्छ । सम्बन्धमा आउने तिक्ततापन र त्यसबाट उत्पन्न हुने तनाव हटाउने उपयुक्त उपाय भनेको प्रभावकारी संचार हो । पार्टनरको कुरा र समस्या राम्रोसँग सुन्ने बानीको विकाश गर्नुपर्छ, खाली आफ्नो कुरामात्र सुनाउने र आफैलाई माथि राख्ने गल्ती गर्नुहुँदैन ।
३.राम्रोसँग कुराकानी गर्नुपर्छ । मनमा कुरा गुम्साएर राख्नुहुँदैन, समस्या वा चित्त नबुझेको कुरा के हो भन्न हिच्किचाउनुहुँदैन । तपाइँले भनेका कतिपय कुरा पार्टनरलाई चित्त नबुझ्नसक्छ तर खुलस्त रुपमा कुरा गर्नाले समस्याको समाधान गर्न सघाउ पूराउँछ ।
४.समाधानको प्रयास आफै थाल्नुपर्छ । समस्या समाधान गर्ने विषयमा अर्काको मुख ताक्नुहुँदैन र आफै सक्रिय बन्नुपर्छ । मेरो गल्ती छैन त्यसैले मैले किन कुरा अघि बढाउनु वा माफी माग्नु भनेर धुम्म परेर वा हात बाँधेर बसेमा समस्याको समाधान हुन सक्दैन ।
५. आरोपको खेती गर्नु हुँदैन । एकअर्कालाई औँला ठडाउन सजिलो हुन्छ तर समस्याको समाधान गर्न गाह्रो हुन्छ । त्यसैले पार्टनरलाई कडा आरोप लगाउनुभन्दा नरम भएर गल्ती गर्नेलाई उसको गल्तीको अनुभुति गर्ने मौका दिनुहोस् ।
५.केही समय अलग्गीएर एक अर्काको महत्व बुझ्नुपर्छ । सम्बन्ध बिगि्रएको बेलामा दिनदिनै भेटेर झगडा गर्नुभन्दा केही दिन छुटि्टएर समस्याको चूरो पत्ता लगाउने र समाधानको उपाय खोज्ने कुरामा ध्यान केन्दि्रत गर्नुपर्छ । रिसको पारो सेलाएपछि भेटेर समझदारी गर्न सजिलो हुन्छ र टाढिँदा एक अर्काको महत्वको समेत बोध हुन्छ ।
६. मध्यस्थकर्ताको सहयोग लिन सकिन्छ । दुइजनाको प्रयासले मात्र सहमतिमा पुग्न सकिएन भने कोही विश्वासिलो व्यक्ति वा साथीको सहयोग लिन सकिन्छ । त्यस्तो साथी दुबैले विश्वास गर्ने वा दुबैको भलो चिताउने हुनुपर्छ ।
यदि उपर्युक्त उपाय अपनाएर सम्बन्धमा आएका समस्या समाधान गरियो भने सम्बन्ध फेरी बलियो बन्छ र तनाव पनि हट्छ ।

Posted by Arghakhanch Online on 7:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रेममा हुने तनावलाई कसरी हटाउने ?

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com