Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आज नेपालको दोस्रो खेल माल्दिभ्ससित, सेमिफाइनलमा पुग्न जित्नै पर्ने

फागुन २७,  समूह ए को पहिलो खेलमा पराजय भोगिसकेका दक्षिण एसियाका दुई प्रतिद्धन्दी नेपाल र माल्दिभ्सले आज दशरथ रंगशालामा एक-अर्काको सामना गर्नेछन्।  सेमिफाइनल पुग्ने सम्भावना जिवित राख्नका लागि दुवै टोलीलाई स्पष्ट जीतको विकल्प रहने छैन। एएफसी च्यालेन्ज कपको चौथो संस्करणमा सवै दक्षिण एसीयाली टोली विजयी सुरुवातबाट चुकिसकेका छन्। नेपाल र माल्दिभ्सले समुह ए को खेलमा बिहीबार पराजय भोगिसकेको अवस्थामा शुक्रबार समुह बी को खेलमा साविक विजेता भारतले पनि ताजिकिस्तानलाई २-० ले नतिजा सुम्पियो। 

पहिलो खेलमा नेपाल बिहीबार प्यालेस्टाइनसँग २-१ ले तथा माल्दिभ्स तुर्कमेनिस्तानसँग ३-१ ले पराजित भएको थियो। समुहमा नेपालका लागि माल्दिभ्स तथा माल्दिभ्सका लागि नेपाल सहज प्रतिद्धन्दीका रुपमा हेरिएको छ। 

'हामी हरेक खेल जित्नका लागि खेल्छौ, माल्दिभ्सविरुद्धको खेलमा पनि हामी तीन अंक लिने लक्ष्यमा मैदान उत्रनेछौ,' नेपाली राष्ट्रिय टोलीका बेलायती प्रशिक्षक ग्राहम रोवर्टस भन्छन्, 'हाम्रा लागि हरेक खेलको आफ्नै महत्व छ। पहिलो खेलमा पराजित भइसकेको अवस्थामा त माल्दिभ्सविरुद्धको खेल झन महत्वपूर्ण छ।'

प्रतियोगिता सुरु हुनुपुर्व नेपाली टोलीमा विश्वस्तरीय गोलकिपर र रक्षापंक्ती भएको भनेर नथाक्ने रोवर्टसले पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएपछि पत्रकार सम्मेलनमा अपसव्द प्रयोग गरेर उम्कने प्रयास गरेका थिए। पछिल्लो पटक गत डिसेम्बरमा नेपालले माल्दिभ्सको सामना गर्दा १-१ को बराबर नतिजा निस्केको थियो। 

पहिलो खेलमा पराजित हुनुले दुवै टोलीलाई प्रतियोगितामा दबावमा पारेको छ। माल्दिभ्स पहिलो खेलमा आफ्ना सबभन्दा प्रभावशाली खेलाडी अली अस्फाकको अनुपस्थितीमा मैदान उत्रेको थियो। छनोट चरणमा बेहोरेको दुई पहेलो कार्डका कारण पहिलो खेलमा अनुपस्थित अस्फाक नेपालविरुद्ध भने मैदान उत्रनेछन्। डिसेम्बरमा भारतको नयाँ दिल्लीमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि नेपालविरुद्ध अस्फाकले नै उत्कृष्ट गोल गरेका थिए। 

Posted by Arghakhanch Online on 7:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आज नेपालको दोस्रो खेल माल्दिभ्ससित, सेमिफाइनलमा पुग्न जित्नै पर्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com