Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मरेको ६ दिनमा बिउँतिइन् महिला

 
सबैलाई थाहा छ । मरेपछि बाँचिँदैन । तर यो यथार्थलाई चीनकी एक महिलाले चुनौति दिएकी छिन् । चीनको गुआंग्जी प्रान्तकी ९५ वर्षीया जिउफेंग नामकी महिला मरेको ६ दिनपछि बिउँतिएकी छिन् । सुन्दा कसैले पनि नपत्याउने घटनाबाट सुन्नेहरु त अचम्ममा परे नै मरेपछि पनि बाँच्ने ती महिलाका पति र आफन्तहरु पनि तिनछक परेका छन् ।
केही दिनपहिले टाउकोमा चोट लागेपछि उनको मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान किंग वैंगले जिउफेंगको अन्तिम संस्कारको तयारी थालेका थिए । चिनिया परम्परा अनुसार मरेको केही दिनसम्म आफन्तहरुको लागि श्रद्धान्जीली दिन लासलाई घरमै राख्ने चलन छ ।
आफन्तलाई अन्तिम दर्शन गराउन जिउफिंगको शवलाई पनि काठको बाकमा राखिएको थियो । तर छैटौँ दिन जब किंग वैंगले श्रीमतीको शव भएको बाकस खाली देखे तब उनी झसंग भए । शव कसैले चोर्यो भन्ने उनलाई लाग्यो । तर ६ दिनअघि मरिसकेकी र अन्तिम संस्कारको तयारी भैरहेकी श्रीमतीलाई जब अकस्मात् उनले भान्सामा खाना बनाइरहेको देखे तब उनलाई सुरुमा त भुत हो की भन्ने लाग्यो । तर अन्तिममा भने ती महिला भुत नभएर साँच्चीकै उनकी श्रीमती नै थिइन् जो बिउँतिएर काठको मुर्दा बाकसबाठ उठेर भान्सामा पुगेकी थिइन् ।
डाक्टरहरुले यस्तो अवस्थालाई कृत्रिम मृत्यु भनेका छन् । यस्तो कृत्रिम मृत्युको अवस्थामा मान्छेको सास रोकिने तर शरीर तातै हुने गर्छ । ती महिलाको पनि सास रोकिएको देखेर उनी मरेको सम्भिmएर उनलाई अन्तिम संस्कार गर्न लागिएको थियो । तर पछि उनको फोक्सोले काम गरेपछि उनी उठेको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

Posted by Arghakhanch Online on 2:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मरेको ६ दिनमा बिउँतिइन् महिला

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com