चीनका वरिष्ठ नेता बर्खास्त
News, विश्व समाचार 2:11 PM
२ चैत, काठमाडौं । चीन सरकारले चौंगक्विन कम्युनिष्ट पार्टीका मुख्य नेता बो सिलाइलाई पदबाट बर्खास्त गरेको छ । विभिन्न भ्रष्टाचारमा मुछिएपछि चीनको शीर्ष नेतृत्वमा पुग्ने प्रबल दाबेदार मानिएका ६२ वर्षीय बो सिलाईलाई पदबाट हटाइएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।
पूर्वमा प्रहरी प्रमुख समेत रहेका सिलाईले गत महिना अमेरिकी दूतावासमा एक दिन बिताएपछि बिवादमा तानिएका थिए । चीनमा यसैवर्षको अन्त्यमा पार्टी नेतृत्वमा परिवर्तनको तयारी भइरहेको छ ।
उनको जिम्मेवारी उप प्रधानमन्त्री झाङ डेजियाङले लिने बताइएको छ । चीनको वाषिर्क संसद सत्र सकिएको अर्को दिन नै बोसिलाई पदमुक्त भएका हुन । संसदको सो सत्रमा समेत उनी उपस्थित थिएनन् ।